नासाको अन्तरिक्ष यान मङ्गल ग्रहमा अवतरण गरेको भिडियोमा के देखियो ? (भिडियो सहित)

Posted on: 23 Feb, 2021

फागुन ११, काठमाडौँ  । अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले मङ्गल ग्रहमा पर्सिभिअरन्स रोभर यान अवतरण गर्दै भिडियो सार्वजनिक गरेको छ । भिडियोमा गत साता मङ्गल ग्रहमा पर्सिभिअरन्स रोभर अवतरण गर्दाको अन्तिम क्षणलाई देखाइएको बिबिसीले जनाएको छ ।


त्यसमा रोबटका चक्काले मङ्गल ग्रहको सतहमा टेक्दासम्मको दृश्य देखिएको छ । भिडियोमा धुलोको फन्का देखिन्छ र मोटर गाडीझैँ देखिने रोबट अवतरण नजिक पुग्दा धुलोका कणहरू उछिट्टिएर उसतर्फ आएको देखिएको छ ।


पर्सिभिअरन्सलाई रकेटले झुलाउँदै जेजेरो क्रेटर नाम दिइएको मङ्गल ग्रहको सतहमा राखेको नासाले जनाएको छ । उक्त यन्त्र जेजेरो क्रेटर नाम दिइएको मङ्गल ग्रहको एउटा लक्षित सतहमा अवतरण गरेको थियो ।


संचारमाध्यमहरुका अनुसार पर्सिभिअरन्समा क्यामेराहरू बाँधेर पठाइएको थियो। तीमध्ये सात वटा क्यामेरा उसको अवतरणको रेकर्डिङका लागि खटाइएको थियो। ति तस्बिरहरुले उक्त रातो ग्रहको सतह अध्ययनका लागि थप प्रविधि सुधारमा सहयोग पुग्ने विश्वास गरिएको छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!