कतार एयरवेज युईएफए युरो २०२० को प्रायोजक

Posted on: 23 Feb, 2021

फागुन ११, दोहा । युरोपेली फुटबल महासंघ (युईएफए) युरो २०२० को कतार एयरवेज प्रायोजक बन्ने भएको छ । युईएफए युरो जुन ११ देखि ११ जुलाई २०२१ सम्म हुन गइरहेको छ ।

युरोपको सर्वोच्च अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको यस १६औँ संस्करणअन्तर्गत एम्स्टरड्याम, बाकु, बिल्बाओ, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, डब्लिन, ग्लास्गो, लन्डन, म्युनिक, रोम तथा सेन्ट पिटर्स्बर्ग गरी १२ विभिन्न आयोजक शहरहरुमा २४ देशले प्रतिस्पर्धा गर्ने जनाइएको छ । 

कतार एयरवेजले सम्पूर्ण आयोजक शहरलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सेवा पुर्याउने बताएको छ । उक्त प्रतियोगिताको फाइनल लन्डनको वेम्ब्ली रंगशालामा ११ जुलाई २०२१ मा हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!