भारतको छत्तीसगढमा नक्सलवादी र सैनिकबिच भिडन्त,२२ जना सैनिकको मृत्यु

Posted on: 04 Apr, 2021

चैत २२, छत्तीसगढ । भारतको छत्तीसगढ़को नक्सल प्रभावित विजापुरमा नक्सलवादीको आक्रमणमापरी २२ जना सैनिकको मृत्यु भएको छ । बीजापुर र सुकमा जिल्लाको सीमामा शनिबार भएको मुठभेडमा २२ जना सैनिकको मृत्यु भएको हो ।

शनिबार घटनास्थलबाट पाँच सुरक्षाकर्मीको शव फेला परेको थियो भने आइतबार १७ जनाको शव फेला परेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । छत्तीसगढ़को नक्सल विरोधी अभियानका पुलिस महानिरीक्षक ओपी पालले शुक्रवार राति केन्द्रीय रिजर्व पुलिस बलको कोबरा बटालियन, डीआरजी र एसटीएफका दुई हजार जवानहरुलाई नक्सल विरोधी अभियान अन्तर्गत विजापुर र सुकमा जिल्लाबाट पठाइएको थियो ।

तर शनिबार, नक्सलीहरूले जोनागुडा पहाड नजिकैको टेरिम इलाकामा सैनिकहरुलाई घेरेर गोली हानेको भारतीय समाचार संचारमाध्यम अमर उजालाले जनाइएको छ । तीन घण्टाको भिडन्तमा १५ जना नक्सली मारिएको बताइएको छ ।

सुरक्षा बलले घटनास्थलबाट महिला नक्सलीको शव बरामद गरेको छ। एन्काउन्टरमा नक्सलवादीले धेरै दुःख भोगेको पनि बताइएको छ। आक्रमणमा ३१ जना भन्दा बढी घाइते सैनिकहरूको अस्पतालमा उपचार भैरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!