न्युजिल्यान्डमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

Posted on: 02 Sep, 2016

भदौ १७ (एजेन्सी) | न्युजिल्यान्डमा शक्तिशाली भूकम्प गएको छ।  नेपाली समय अनुसार बिहीबार राति १० बजेर २२ मिनेटमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्व मापन केन्द्रले जनाएको छ।

भूकम्पको केन्द्रविन्दु गिस्ब्रोनबाट १६९ किमि उत्तर-पूर्वमा समुद्रमा छ। भूकम्पपछि उत्तर-पूर्वी समुद्र किनारमा पर्ने वस्ती तथा टापुका बासिन्दालाई घर छाडेर सुरक्षित स्थानमा जान भनिएको छ।

यसैबीच प्यासिफिक सुनामी चेतावनी केन्द्रका अनुसार सुनामीको कुनै पनि सम्भाना नरहेको जानकारी दिएको छ । क्षतिको विवरणबारे आइनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!