पाकिस्तानले दियो भारतलाई अहिलेसम्मकै कडा चेतावनी

Posted on: 19 Sep, 2016

असोज ३, काठमाडौँ । कश्मीरको सीमावर्ती क्षेत्रमा तनाव बढ्न थालेपछि पाकिस्तानले आफ्नो छिमेकी देश भारतलाई परमाणु हमला गर्ने चेतावनी दिएको छ ।

कश्मीरको सैन्य क्याम्प उरीमा शनिवार आत्मघाती हमला हुँदा १७ भारतीय सेनाको हत्या भएको थियो । भारतीय पक्षले पनि ४ आतंकवादी मारिएको दावी गरेको छ । 

कश्मीर मुद्दालाई लिएर दुई छिमेकी मुलुकको सम्बन्ध पुनः बिग्रिएपछि पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिमले एउटा टेलिभिजन साक्षात्कारमा आफ्नो देशले भारतमा परमाणु हमला गर्न सक्ने चेतावनी दिए ।

‘भारत पाकिस्तानको अस्तित्वमाथि आक्रमण गर्छ भने भारतले त्यसको नतिजा भोग्नु पर्नेछ,’उनले भने । उरी आक्रमणपछि भारतको गृहमन्त्रालयले देशभरीको सबै विमानस्थललाई अलर्ट जारी गरेको थियो ।  उसले अहिले विमानस्थलको सुरक्षा कडा बनाएको छ । पछिल्लो समय कश्मीरमा भड्किएको हिंसाका कारण १ सय २ जनाको ज्यान गइसकेको छ । एजेन्सीको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!