ढोकामा ताला लागेपछि जब बाबुराम कार्यालयबाहिरै बस्नुपर्‍यो !

Posted on: 20 Sep, 2022

असोज ४, काठमाडौँ | प्रतिनिधिसभाको कार्यकाल सकिएको तेस्रो दिन आज (मंगलवार) पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई सिंहदरबार पुगेका थिए ।

२०७४ सालको प्रतिनिधि सभा चुनावमा नयाँ शक्ति पार्टीको तर्फबाट चुनाव जितेर आएदेखि संसद् सचिवालयले उनलाई स्वतन्त्र सांसदको हैसियतमा कार्यालय दिएको थियो ।कार्यकाल सकिए पनि उनको कार्यालयको नेम प्लेट हटाइएको छैन । संसद् सचिवालयको १ नम्बर भवनबाट एमाले संसदीय दलको कार्यालयमा जाने बाटोको एकतले टहरोमा बाबुरामलाई दिइएको कार्यकक्ष छ ।


कुनै कामको सिलसिलामा भट्टराई मंगलवार संसद् सचिवालयमा पुगेका थिए । तर, उनको कार्यकक्षमा ताला लगाइएको थियो । सचिवालयका कर्मचारी आउन ढिला भएपछि उनी केहीबेर बाहिर बसे । सिंहदरबारमा भेटिएका बाबुरामले केही राजनीतिक गफ गरे ।

आसन्न प्रतिनिधि सभा चुनावमा बाबुराम गोरखा– २ र बाबुरामकी छोरी समेत रहेकी मानुषी काठमाडौं– ७ बाट चुनाव लड्ने तरखर गरिरहेका छन् । source:- lokaantar

यस बिषयमा तपाइको प्रतिक्रिया...!