सेरालियोनकी प्रथम महिलाले भनिन्– राष्ट्रपतिले कु मामिलामा पीएचडी गरेका छन्

Posted on: 28 Sep, 2022

असोज १२, सेरालियोन | एजेन्सी | सेरालियोनकी प्रथम महिला जुलिअस माडा बिओले आफ्ना पति कु गर्ने मामिलामा आफ्ना पतिले विद्यावारधी गरेको टिप्पणी गरेकी छिन् । राष्ट्रपति जुलियस माडा बियोलाई कसैले सत्ताच्युत नगर्नेसमेत उनले बताइन् । यही १० अगस्टमा भएका हिंसात्मक प्रदर्शनलाई सन्र्दभ जोड्दै उनले उक्त धारणा राखेकी हुन् । सरकारी विरोधी उक्त प्रदर्शनमा प्रहरी अधिकारीसहित ३१ जनाको मृत्युु भएको छ । विपक्षीले आफूलाई सत्ताच्युत गर्न खोजेको राष्ट्रपतिले विपक्षीलाई दोषारोपण लगाएकी छिन् ।


अमेरिका रकम जुुटाउने कार्यक्रममा बोल्दै प्रथम महिला बिओले अज्ञात समूहले आफ्ना श्रीमानलाई सत्ताच्युत गर्न खोजेको आरोप लगाइन ।  ‘माडा बिओले कुलाई पराजय गर्ने सबालमा पीचएडी गरेका छन्, के उनलाई हटाउन सक्छौ’, प्रदर्शनकारीलाई संकेत गर्दै उनले भनिन्, ‘उनले कुु गर्न पीएचडी गरेका छन् । कसरी कुु गर्ने भनेर सिकाउने कोहीलाई तपाइँले कसरी हटाउन सक्नुुहुन्छ ?’ पछिल्ला दिनमा श्रीलंकामा सरकारविरोधी प्रदर्शन तीब्र बनेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!