१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अङ्गीकृत नागरिकले राज्यको प्रमुख पदमा जानुपर्छ भन्नु ठीक होइन: नेता नेपाल

१० आश्विन २०७३, सोमबार १२:४८

असोज १०, काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले मधेसी जनताको मागलाई मधेसीका मागका रुपमा मात्र हेर्न नहुने बताएका छन् । 

प्रेस चौतारी नेपाल मधेस मामिला समन्वय विभागले यहाँ आज आयोजना गरेको ‘मधेसका सवाल र समाधानका उपाय’विषयक अन्तक्र्रियामा उनले भने,– “राष्ट्रले लिएको नीति र संविधानको मूल मर्मका आधारमा मधेसको विकास गर्नुपर्छ, त्यहाँको शोषण र दमन अन्त्य गर्नुपर्छ” । 

नेता नेपालले “एमालेलाई मधेस विरोधी भनेर आरोप लगाउनुमा कुनै सत्यता छैन” भन्दै मधेसी जनताको मुक्तिका निम्ति सबै मधेसी एकताबद्ध हुनुपर्ने बताए । 

अनेकतामा एकता भएको देशमा सबै नेपालीको भावना र विचारलाई कदर गर्नुपर्ने बताउँदै उनले भने-, “नेपालीसंग विदेशी नागरिकले विवाह गर्नेबित्तिकै नागरिकता पाउन सकिन्छ तर मुलुकको हितका दागि अङ्गीकृत नागरिकले राज्यको संवैधानिक प्रमुख पदमा जानुपर्छ भन्नु ठीक होइन र यो मधेसीको माग पनि होइन ।” 

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मधेसको समस्या राष्ट्रकै समस्या भएकाले सबैले लचिलो भएर समस्या समाधान गर्नुपर्नेमा जोड दिए । राष्ट्रियताको मुद्दामा नझुकी अरु कुरामा सहमतिका साथ अगाडि बढ्नुपर्ने भन्दै  उनले मधेसको समस्या निराकरण गर्न सबै दलले ध्यान दिनुपर्ने बताए । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का