२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भिजिट भिसामा कडाइ, खाडी मुलुक जाने व्यक्तिमाथि निगरानी बढाउन निर्देशन

२०८०, ७ जेष्ठ आईतवार ०६:३२

जेठ ७, काठमाडौँ | सरकारले भिजिट भिसामा कडाइ गरी अब खाडी मुलुकसहितका मुलुकमा जाने व्यक्तिमाथि निगरानी बढाउन अध्यागमन कार्यालयलाई निर्देशन दिएको छ ।

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले सबै अध्यागमन कार्यालयलाई निर्देशन जारी गर्दै भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी हुन सक्ने सम्भावित ठाउँमा यात्रा गर्ने व्यक्तिप्रति पूर्ण सतर्कताका साथ काम गर्न यस्तो निर्देशन दिएको बताए ।

विशेषगरी भिजिट भिसामा खाडी मुलुक, टर्की, फिलिपिन्स, थाइल्यान्ड र मलेसिया जाने यात्रुमाथि बढी निगरानी गर्न निर्देशन दिइएको छ ।

यस्ता मुलुकका भ्रमणमा जाने व्यक्तिको आवश्यक कागजात, भ्रमणको उद्देश्य जस्ता विषयमा सूक्ष्म अध्ययन तथा क्रम भेरिफिकेसन गर्न भनिएको छ । यसैगरी, कागजातको वैधताको समेत अध्ययन गर्न महानिर्देशक अधिकारीले सम्बन्धित अध्यागमन कार्यालयलाई निर्देशन दिएका हुन् ।

भिजिट भिसामा प्रस्थान अनुमति दिँदा नाता प्रमाणितलगायत आवश्यक कागजात अनिवार्यरूपमा ‘नेपाल पोर्ट सिस्टम’मा अपलोड गर्न समेत विभागले निर्देशन दिएको छ ।

यो निर्देशन कार्यान्वयनमा आएपछि अब नेपालबाट विभिन्न देशमा भिजिट भिसामा जाने नेपालीमाथि विशेष निगरानी तथा कडाइ हुने विभागले जनाएको छ । अहिले अत्यधिक चर्चामा रहेको नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने ठूलो प्रकरण बाहिर आएपछि सरकारले अब भिजिट भिसामा विदेश जानेहरूमाथि निकै कडा निगरानी बढाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस