2026-09-28 06:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या

2026-07-22

काठमाडौँ | झापाको दमक नगरपालिकामा श्रीमान्–श्रीमतीबीचको विवादले उग्ररूप लिँदा दुवै जनाको ज्यान गएको छ । दमक नगरपालिका वडा नम्बर १ सिरपाली चोक बस्ने ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीको आपसी झगडाका कारण दुवै जनाले ज्यान गुमाएका हुन् ।

प्रहरीका अनुसार आज दिउँसो करिब २ बजेको समयमा उनीहरूबीच सामान्य भनाभन भएको थियो । सोही क्रममा आवेगमा आएका धनबहादुरले श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट टाउको र बायाँ हातमा गम्भीर चोट लागेकी विजयकुमारी बोल्न नसक्ने अवस्थामा पुगेकी थिइन्।

श्रीमतीलाई गम्भीर घाइते बनाएलगत्तै धनबहादुरले सोही घरको अर्को कोठामा गई सिलिङ फ्यानमा सलको पासो लगाएर आत्महत्याको प्रयास गरेका थिए । सोही समयमा उनकी २५ वर्षीया छोरी प्रियंका दर्जीले बुबालाई झुन्डिएको अवस्थामा फेला पारी पासो काटेर प्रहरीलाई खबर गरेकी थिइन्।

इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक प्रमोद खड्काको कमान्डमा खटिएको प्रहरी टोलीले दुवै घाइतेलाई तत्काल उपचारका लागि दमक अस्पताल पुर्‍याएको थियो । दिउँसो साढे ३ बजे उनीहरू दुवै जनालाई डाक्टरले मृत घोषणा गरेका थिए। दुवै जनाको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ