2026-10-16 06:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल

2026-07-23

काठमाडौँ | शिक्षामन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुने बताएका छन् । बिहीबार काठमाडौँमा त्रिभुवन विश्वविद्यालयको ६७ औं वार्षिक दिवस समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका सहकुलपति समेत रहेका मन्त्री पोखरेलले अबका ४ वर्षमा भागबन्डाको राजनीति पूर्ण रूपमा अन्त्य गरिने बताएका हुन् ।

उनले सरुवा, बढुवा, वा नियुक्तिमा कुनै पनि राजनीतिक वा दलीय दबाब आउन नदिने भन्दै दलीय दबाब आए तुरुन्त शिक्षा मन्त्रालयमा जानकारी गराउन आग्रह गरे । इतिहासमै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट उपकुलपतिहरूको चयन हुनुले उच्च शिक्षामा नयाँ ऊर्जा र प्रतिबद्धता थपेको उनले बताए । मन्त्री पोखरेलले विश्वविद्यालयको सुधार पदाधिकारीहरूबाट मात्र सम्भव नरहेकाले सम्पूर्ण प्राध्यापक, कर्मचारी तथा सरोकारवालाहरूले आ–आफ्नो ठाउँबाट नेतृत्व र जिम्मेवारी लिनुपर्नेमा जोड दिए ।

विदेशी विश्वविद्यालयका प्राध्यापकहरूलाई नेपाल ल्याउने तथा नेपालका प्राध्यापक/विद्यार्थीहरूलाई विदेशमा रहेका विश्वविद्यालयमा अध्ययन–अध्यापनको अवसर मिलाउन विभिन्न देशका राजदूतहरूसँग छलफल भइरहेको उनले जानकारी दिए । उनले विश्वविद्यालयलाई बढी स्वायत्तता र प्राध्यापकहरूलाई शैक्षिक स्वतन्त्रता प्रदान गर्ने नीति सरकारको रहेको धारणा राखे । समारोहमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्रा.डा. भोला थापाले सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी उपयोग, शैक्षिक कार्यक्रमहरूको पुनर्संरचनामा विशेष ध्यान दिने बताए ।

अनुसन्धान तथा नवप्रवर्तनको प्रवर्धन, अन्तर विषयक सहकार्य, अनुसन्धान कोषको विस्तार तथा अन्तर्राष्ट्रिय साझेदारीलाई सुदृढीकरणलाई आफ्नो रणनीतिक प्राथमिकताका रूपमा अघि बढाउने उनले प्रतिबद्धता व्यक्त गरे । उपकुलपति थापाले राष्ट्रिय आवश्यकता र विश्वव्यापी श्रम बजारको माग अनुरूप दक्ष, सृजनशील, नैतिक तथा प्रतिस्पर्धी मानव संसाधन उत्पादनतर्फ विश्वविद्यालय निरन्तर क्रियाशील रहने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु