१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुन तस्करीमा सँधै राजनीतिक संलग्नता हुन्छ भन्ने आरोप गलत हो :- वामदेव गौतम

६ श्रावण २०८०, शनिबार ११:२३

साउन ६, काठमाडौँ |  राष्ट्रियसभाका सदस्य तथा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता रहेको भन्ने आरोपमा कुनै सत्यता नभएको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रमको विशेष–साक्षात्कारमा बौल्दै नेता गौतमले सो कुरा बताएका हुन् ।

गौतमले सुन तस्करीमा सँधै राजनीतिक संलग्नता जोडिनेभन्दा पनि भन्सारमा खटिने कर्मचारी नै मुख्य रुपमा दोषी हुनेसमेत बताए ।

उनले भने ‘सुन तस्करीमा राजनीतिक संलग्नता हुँदैन । यो गलत आरोप हो । कति ठाउँ बलात्कार हुन्छ ? राजनीतिक संलग्नता हुन्छ त ? कति ठाउँमा चोरी हुन्छ ? अनि के राजनीतिक संलग्नता हुन्छ ? कति ठाउँ बाटाघाटामा मानिसहरु मार्दै हिँड्छन् ? त्यहाँ राजनीतिक संलग्नत हुन्छ त ?’ गौतमले भने, ‘सडक दुर्घटना, सबै ठाउँमा संलग्नता हुन्छ ? जब तथ्यले के भन्छ, त्यो हेर्नुपर्छ । हरेक दलका नेताहरु त्यहाँ उपस्थित् भएका छन् ? कर्मचारीमात्रै उपस्थित छन्  । राजनीतिक संलग्नता भएको भए उनीहरुले भन्लान् नि ।’

आफू गृहमन्त्री हुँदा सुन काण्ड नभएको दाबी गर्दै उनले सो समयमा आफूलाई सरकारबाट कसरी हटाउने भन्नेबारे आवाज उठाइएको जिकिर गरे । गौतमले आफू गृहमन्त्री भएका बेला शान्ति सुरक्षा थप बलियो भएको र आफूले गरेका कामलाई सबैले प्रसंसा गरेकोसमेत दाबी गरे ।

उनले भने,‘म पहिलोपटक ०५४ सालमा  गृहमन्त्री भएँ, म मन्त्री हुँदासम्म सुन काण्ड भएन । सुन काण्ड पछि उब्जियो । मन्त्रीबाट हटेपछि उब्जियो । बरु म सरकारमै भएको बेला मलाई कसरी हटाउने भनेर पार्टीभित्र र बाहिरबाट धेरै आवाजहरु उठाइए । र, अन्तिममा मलाई त्यही शक्तिले सरकारबाट हटायो, म त्यो बेला ७ महिनामात्रै मन्त्री भएको हुँ ।’

सुन तस्करीको सवालमा अहिले यो सुन कुन देशबाट आयो भन्ने पनि महत्वपूर्ण विषय भएको र तस्करहरुले कस्तो जालो फैलाएका रहेछन भन्ने स्पष्ट भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार