2026-10-19 05:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय

2026-07-22

काठमाडौँ | प्रधानमन्त्री बालेन शाहले फेसबुकमार्फत हटाउने घोषणा गरेको शिक्षा र स्वास्थ्य समता शुल्क मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले दिएको जानकारी अनुसार बुधबारको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८३ मा व्यवस्था गरिएको दुवै शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको हो।

पोखरेलका अनुसार अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले यस्तो निर्णय लिएको हो। सरकारले चालु आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत यी शुल्कको व्यवस्था गरेको थियो। साउन १ गतेदेखि लागू भएका ती शुल्कप्रति निजी क्षेत्र, शैक्षिक संस्था, स्वास्थ्य क्षेत्र र सर्वसाधारणबाट आलोचना भएपछि सरकार निर्णयबाट पछि हट्न बाध्य भएको थियो।

यसअघि मंगलबार प्रधानमन्त्री बालेन शाहले नै शिक्षा र स्वास्थ्य समता शुल्क हटाउने प्रक्रिया तत्काल अघि बढाइने सार्वजनिक घोषणा गरेका थिए। त्यसको भोलिपल्ट मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्दै दुवै शुल्क पूर्ण रूपमा खारेज गरेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु