२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बैतडीमा सडक भासिएर आएको पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु

८ श्रावण २०८०, सोमबार ०५:४२

साउन ८, बैतडी | बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा गएराति माथिबाट सडक भासिएर आएको पहिरोले स्थानीय महेश जागरीको घर पुरिँदा उनकी श्रीमती र छोराको मृत्यु भएको हो।

मुत्यु हुनेमा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजन जागरी रहेको प्रहरीले बताएको छ। अञ्जुका देवर गोब्बर जागरी घाइते भएको इलाका प्रहरी कार्यालय पाटनले जानकारी दिए। स्थानीय र प्रहरीको सहयोगमा गोब्बरलाई घाइते अवस्थामा उद्धार गरिएको थियो।

स्थानीयका आनुसार महेश जागरी रोजगारका लागि भारतको चिथौरागढमा छन्। घटनाबारे उनलाई खबर गरिएको र भोलिसम्म आइपुग्ने बताए। 

हिजो महेश जागरीकी आमा ४५ वर्षीय रायमति जागरी, श्रीमती रञ्जु, छोरा रिजन, भाइ गोब्बर र एकजना पाहुना सो घरमा सुतेका थिए।

रायमति र पाहुना पहिरो जाँदाजाँदै घरबाट बाहिर निस्कन सफल भएका थिए भने तीन जना पुरिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै