पोखरामा बस दुर्घटनामा ३० जना घाइते

साझासवाल

<p>असोज १७, पोखरा&nbsp;&nbsp;। पोखरा महानगरपालिका–३१ बेगनासको त्रिशूली डाँडामा आज बस दुर्घटना भएको छ । बेगनासबाट पोखरा आउँदै गरेको ग१ख ४७७१ नंको बस सडकबाट झण्डै ६० फिट तल खसेको हो ।</p><p>इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख मोहन खाँणका अनुसार दुर्घटनाबाट बसमा सवार करीब ३० जना यात्रु घाइते भएका छन् । </p><p>घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिसकिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।&nbsp;</p>

Leave a Comment

Leave a Reply