५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रहरीबाट लुटिएको चाइनिज पेस्तोलसहित ६ जना पक्राउ

२४ भाद्र २०८०, आईतवार ११:१८

भदौ २४, मोरङ | मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा लटुटपाट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मोरङ र सुनसरी प्रहरीको संयुक्त अप्रेशनपछि आइतबार उनीहरुलाई सार्वजनिक गरिएको हो । 

पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका ४ बस्ने ३२ वर्षीय नसुदिन मिया, सोही नगरपालिका वडा नम्बर १ बस्ने ३० वर्षीय अलिम मुर्तुजा, मोरङको बुढिगंगा गाउँपालिका ४ बस्ने ४० वर्षीय रिवजवन मिया, भारत घर भई हाल सुनसरीको दुहबी नगरपालिका ६ बस्ने ४० वर्षीय मो.आलम, मोरङ बुढिगंगा गाउँपालिका ५ बस्ने २१ वर्षीय नजरुल मिया र बुढिगंगा गाउँपालिका ४ बस्ने २५ वर्षीय सिजाम आलम रहेका छन् ।

 उनीहरुबाट भारतीय नम्बर प्लेटको बीआर ३८४– ७६८० नम्बरको  सुपर स्पेलन्डर र को २२ प ५९०१ नम्बरको आर १५ मोटरसाइकल, एक लाख पचहतर हजार दुई सय नेपाली रुपैयाँ र एघार हजार ६ सय भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

त्यस्तै सुनको  जस्तो देखिने झुम्का १ जोेर, तिलहरि  १ थान, चाँदीको जस्तो देखिने सिक्री १ थान, पाउजु १ जोर र स्मार्ट फोन ११ थान बरामद गरिएको प्रहरीले बताएको छ । उनीहरुबाट ५ थान बटन फोन र १२ थान मेमोरी कार्ड समेत बरामद गरिएको प्रहरीको भनाइ छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय