२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रहरीबाट लुटिएको चाइनिज पेस्तोलसहित ६ जना पक्राउ

२०८०, २४ भाद्र आईतवार ११:१८

भदौ २४, मोरङ | मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा लटुटपाट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मोरङ र सुनसरी प्रहरीको संयुक्त अप्रेशनपछि आइतबार उनीहरुलाई सार्वजनिक गरिएको हो । 

पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका ४ बस्ने ३२ वर्षीय नसुदिन मिया, सोही नगरपालिका वडा नम्बर १ बस्ने ३० वर्षीय अलिम मुर्तुजा, मोरङको बुढिगंगा गाउँपालिका ४ बस्ने ४० वर्षीय रिवजवन मिया, भारत घर भई हाल सुनसरीको दुहबी नगरपालिका ६ बस्ने ४० वर्षीय मो.आलम, मोरङ बुढिगंगा गाउँपालिका ५ बस्ने २१ वर्षीय नजरुल मिया र बुढिगंगा गाउँपालिका ४ बस्ने २५ वर्षीय सिजाम आलम रहेका छन् ।

 उनीहरुबाट भारतीय नम्बर प्लेटको बीआर ३८४– ७६८० नम्बरको  सुपर स्पेलन्डर र को २२ प ५९०१ नम्बरको आर १५ मोटरसाइकल, एक लाख पचहतर हजार दुई सय नेपाली रुपैयाँ र एघार हजार ६ सय भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

त्यस्तै सुनको  जस्तो देखिने झुम्का १ जोेर, तिलहरि  १ थान, चाँदीको जस्तो देखिने सिक्री १ थान, पाउजु १ जोर र स्मार्ट फोन ११ थान बरामद गरिएको प्रहरीले बताएको छ । उनीहरुबाट ५ थान बटन फोन र १२ थान मेमोरी कार्ड समेत बरामद गरिएको प्रहरीको भनाइ छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना