२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाल र रोमानियाबीच श्रम सम्झौता

२०८०, १९ आश्विन शुक्रबार १०:४०

असोज १९, काठमाडौं | नेपाल र रोमानियाबीच श्रम सम्झौता भएको छ । शुक्रबार श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोमानियाकी श्रममन्त्री सिमोना बुकुरा ओप्रेक्स्कुसँग  द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । 

द्विपक्षीय वार्ताका क्रममा मन्त्री भण्डारीले नेपाली कामदारसँग सरोकारका विषयहरू र द्विपक्षीय श्रम समझादारीका आवश्यकता र प्रभावका बारेमा कुरा उठाएका थिए ।

रोमानिया पक्षबाट नेपाली कामदारको हकहित सुरक्षा कायम गर्ने प्रतिबद्वता व्यक्त गर्दै उलेख्य संख्यामा नेपाली कामदार माग रहेको र पारदर्शी रूपमा कामदारको छनोट तथा छोटो अवधिमा कामदार लैजाने प्रक्रियामा समन्वय र सहकार्य गर्ने चासो व्यक्त भएको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।


युरोपेली मुलुक रोमानिया नेपाली श्रमिकहरूका लागि आकर्षित र सुरक्षित श्रम गन्तव्यका रूपमा रहेको छ । श्रम बजारको फराकिलो सम्भावना रहेकोले नेपाल र रोमानियाबीचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि दुई देशबीच श्रम क्षेत्रमा समेत थप समझदारी कायम भएको छ ।

प्रतिनिधिमण्डलबीचको द्विपक्षीय वार्ताको क्रममा नेपालमा छिट्टै रोमानियाका लागि राजदूतावास स्थापना गरी आप्रवासी कामदारको माग प्रमाणीकरण, प्रवेशाज्ञा जारी गर्न लाग्ने गरेको लामो समयावधि तथा श्रम स्वीकृतिका कार्यलाई थप सरलीकरण गर्ने पनि समझदारी भएको छ ।

रोमानियामा नेपाली श्रमिकहरूका लागि सम्भावित सीपयुक्त श्रम बजारको पहिचान गर्नका साथै महिला श्रमिकहरूलाई समेत लक्षित गरी सुरक्षित वैदेशिक रोजगारलाई संयोजन गर्ने जस्ता कार्यलाई प्राथमिकतामा राखी आपसी सहकार्य गर्ने रोमानियाले बताएको छ । दोहोरो करार, आधारभूत अंग्रेजी भाषाको ज्ञान तथा व्यावसायिक सीपजस्ता विषयहरूमा आपसी समन्वय र सहकार्यबाट समाधान र व्यवस्थापन गर्न सहमति कायम भएको छ ।


रोमानियाले ठूलो संख्यामा आप्रवासी कामदारहरूको माग रहेकाले कार्य स्वभाव, इमान्दारिता, लगनशीलताका कारण नेपालबाट ठूलो संख्यामा श्रमिक लैजाने सम्भावना रहेको जनाएको छ । रोमानियाले नेपालबाट कामदार छोटो समयमा 'इथिकल रिक्रुटमेन्ट' मार्फत रोमानिया ल्याउने कानुनी प्रावधान तथा व्यवस्थापनका बारेमा चासो व्यक्त भएको छ ।

आप्रवासी कामदारहरूले रोमानियाका नागरिकसरह सामाजिक सुरक्षाको उपभोग गर्न पाउने व्यवस्था रहेको पनि रोमानिया पक्षले जनाएको छ । दुवै पक्षको श्रमसँग सम्बन्धित निकायबीच समन्वय र सहकार्य गरी द्विपक्षीय श्रम समझदारीको प्रभावकारी कार्यान्वयन गर्न दुवै पक्षबाट प्रतिबद्धतासमेत व्यक्त भएको छ ।

सम्झौताका क्रममा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, जर्मनीका लागि नेपाली रामकाजी खड्का, रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेलसमेतको सहभागित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल