२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जुवाखालबाट पक्राउ परेका चक्र बमसहितका कलाकार धरौटीमा छुटे

२०८०, १६ कार्तिक बिहीबार ०७:०८

कार्तिक १६, काठमाडौँ | जुवाखालबाट पक्राउ परेका चक्र बमसहितको कलाकार धरौटीमा रिहा भएका छन्। कात्तिक ११ गते राति पक्राउ परेका बमसहितका ९ कलाकार बुधबार धरौटीमा रिहा भएका हुन्। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएसँगै छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए। 

प्रहरी वृत्त सिंहदबारको टोलीले ९ जनालाई जुवा खेल्दा खेल्दै ११ गते राति १० बजे पक्राउ गरेको थियो। 


काठमाडौं महानगरपालिका–२९ मैतीदेवीस्थित रमेशनाथ पाण्डेको घरको दोस्रो तलामा भोजपुरको पात्लेपानी–२ घर भइ हाल मैतीदेवी बस्दै आएका गजित विष्टले सञ्चालन गरेको डान्स फिवर डान्स सिकाउने ठाउँमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको थियो। 

उनीहरुको साथबाट एक लाख ९० हजार ९२० रुपैयाँ र एक बुक ताससमेत बरामद गरिएको थियो।

त्यतिबेला भोजपुरको पात्लेपानी घर भई मैतीदेवी बस्ने ४५ वर्षीय गणेश विष्ट, ३८ वर्षीय नरेन्द्र विष्ट, ललितपुर–२४ का ३८ वर्षीय सुर्पमान स्याङतान, रुकुम पश्चिमको बाँफिकोट–२ का २६ वर्षीय रोशन सिंह र कैलालीको गोदावरी–२ का २९ वर्षीय चक्र बम पक्राउ परेका थिए। 

यस्तै काभ्रेको पाँचखाल–६ का ६० वर्षीय शंकरप्रसाद आचार्य, रामेछापको राकाथुम–१ २८ वर्षीय टाइम मगर, बुढानिलकण्ठ–९ का  ३६ वर्षीय सुरेन्द्र साउद र स्याङ्जाको चापाकोट–७ का ३३ वर्षीय घनश्याम अधिकारी पनि पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल