By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    4 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    21 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    24 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    1 day ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    3 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    4 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: त्यो दिन बालकुमारीमा सडक अवरोध भएको जानकारी मलाई थिएन : मन्त्री ज्वाला
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > त्यो दिन बालकुमारीमा सडक अवरोध भएको जानकारी मलाई थिएन : मन्त्री ज्वाला
समाज

त्यो दिन बालकुमारीमा सडक अवरोध भएको जानकारी मलाई थिएन : मन्त्री ज्वाला

साझासवाल
Last updated: January 1, 2024 9:45 am
साझासवाल
9 Min Read
Share

पुस १६, काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाको सन्दर्भमा आफूले सो रुट प्रयोग गर्दा त्यहाँ भइरहेको अवरोधको सम्बन्धमा सुरक्षा निकायले कुनै जानकारी नदिएको बताएका छन्।  

मन्त्री ज्वालाले गत शुक्रबार आफूले बालकुमारी क्षेत्रको रुट प्रयोग गर्दा सुरक्षा निकायले सो क्षेत्रमा भइरहेको अवरोधको सम्बन्धमा कुनै जानकारी नगराएको बताए। 

गत शुक्रबार रोजगार अनुमति प्रणाली(ईपीएस) आवेदन फारम भर्न नपाएको भन्दै बालकुमारी क्षेत्रमा युवाहरुले प्रदर्शन गरेका थिए। प्रदर्शनकारीले सोही रुट हुँदै आएको मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए भने प्रहरी हस्तक्षेपका कारण दुई जना युवाको ज्यानसमेत गएको थियो।

सोही विषयमा कुरा गर्दै मन्त्री ज्वालाले आफू पार्टी केन्द्रीय कमिटी बैठकका लागि तीन दिनदेखि बालकुमारी आवतजावत गरिरहेको र सो दिन पनि बैठकस्थलबाट निस्किएर मन्त्रालय जाने क्रममा सो घटना भएको बताए। 

उनले आफ्नो सुरक्षा अधिकृतले केन्द्रमा आफूहरु बालकुमारीबाट मन्त्रालय निस्किएको जानकारी गराएको भए पनि प्रहरी केन्द्रबाट बाटोमा अवरोध भएको र त्यो बाटो प्रयोग नगर्ने सम्बन्धमा कुनै जानकारी नआएको स्पष्ट पारे।

आफूहरुलाई बाटोमा अवरोध छ भन्ने कुरा जानकारी नै नभएका कारण त्यो रुट प्रयोग भएको उनको भनाइ छ। मन्त्री ज्वालाले घटनाप्रति आफू दुःखी रहेको भन्दै दुःख पनि व्यक्त गरे। उनले घटनामा आफूहरुको कुनै सम्बन्ध नभएको पनि उल्लेख गरे।

आफूहरु निर्दोष हुँदाहुँदै पनि आरोपित गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। उनले आफूहरु नै पीडित पक्ष भएको भन्दै सुरक्षाकर्मीहरुको कमजोरीलाई आफूहरुतिर थोपरिएको बताए।

यस्तो छ मन्त्री ज्वालाले भनाइ  

“यो बालकुमार घटना आफैँमा आफैँमा दुःखद् घटना हो। दुई जना युवाहरुको ज्यान गएको छ। केही घाइते भएका छन्। र यो नघट्नुपर्ने, नहुनुपर्ने घटना भएको छ। यसमा हामी दुःखी छौँ। यसप्रति म दुःख पनि व्यक्त गर्न चाहन्छु। त्यसदिन हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठक कान्तिपुर पार्टी प्यालेसमा चलिरहेको थियो। त्यो बैठक दुई दिन अघिदेखि चलिरहेको थियो। अन्तिम दिन बैठक भइरहेको थियो।

त्यस बैठकमा म बिहानैदेखि सहभागि थिएँ। अर्कोतिर यता सिंहदरबारमा मन्त्रालयमा एउटा बैठक थियो मेरो। त्यो बैठक शुरु भइसकेपछि केही समयका लागि मन्त्रालयको बैठकमा सहभागि भएर फेरि बैठकमा फर्किने उद्देश्यले म त्यो पार्टी प्यालेस बैठक कक्षबाट बाहिर निस्केँ। बाहिर निस्किनुभन्दा अगाडी बालकुमारी क्षेत्रमा के अवस्था छ ? त्यहाँ डिस्टर्ब छ कि छैन ? अथवा परिस्थिति के छ ? रुटको अवस्था के छ ?

त्यो हामीलाई केही पनि थाहा भएन। हामी सामान्य अवस्थामा बाहिर निस्कियौँ। निस्किदाखेरी पनि सुरक्षा निकायबाट, सुरक्षाकर्मीबाट समेत यस विषयमा कुनै जानकारी नभएपछि हामी सामान्य रुपमा बाहिर निस्कियौँ। संयोगले त्यतिबेलै हाम्रै मन्त्रालयको राज्यमन्त्रीज्यूको गाडी भित्र पस्यो। उहाँको गाडी भित्र पस्यो। हामी बाहिर निस्कियौँ। राज्यमन्त्रीज्युको गाडी भित्र पस्दासम्म सामान्य नै अवस्था छ।

हामी निस्किसकेपछि बिचमा अलिकति अगाडी बढिसकेपछि पारीपट्टी केही डिस्टर्ब हामीले महशुस गर्‍यौँ। अब के गर्ने भन्ने त्यहाँ हाम्रो बीचमा छलफल भयो। अगाडी बढ्न पनि नसकिने पछाडी फर्किन पनि नसकिने भएपछि मुख्य बाटोमा हामी प्रवेश गर्‍यौँ। मुख्य बाटोमा गइसकेपछि पनि केही व्यक्तिहरु आएर गाडी रोक्ने प्रयास भयो।

त्यहाँ पिएसओले सम्झाउने प्रयास गरे। र प्रदर्शनकारीहरु रोक्ने मध्येकै पनि कतिपय व्यक्तिहरुले यो गाडीलाई अगाडी जान दिउँ भनेर निकै धेरै प्रयास पनि गरे। त्यति हुँदाहुँदै पनि भीड बढ्दै जान थालेपछि म त्यहाँ रहँदा झन उत्तेजित होला भीड भन्ने हिसाबले म त्यो गाडीबाट निस्केर फेरी बैठकस्थलमै फर्किइहालेँ। फर्केपछि म बैठकमा बसेँ। त्यसपछिको अवस्था पनि मलाई जानकारी छैन। त्यहाँ आगलागि भएको कुरा।

गोलि चलेको कुरा। गोलि चलेको कुरा गाडीमा आगो लाग्नुभन्दा पहिले हो कि पछि हो यो कुरा पछि छानबीनबाट पनि थाहा होला। त्यहाँ गाडी पुग्यो। म केही समय त्यहाँ रोकिएँ। रोकिएपछि त्यहाँको अवस्था तनावपूर्ण हुन्छ कि भन्ने उद्देश्यले आफ्नो बैठक कक्षमा फर्किइहालेँ। फर्किएपछि त्यसपछिको अवस्था के भयो ? कसरी अगाडी बढ्यो ? त्यस विषयमा पनि जानकारी छैन।

हाम्रो गाडी त्यहाँ पुगिसकेपछि पिएसओले बारम्बार यहाँ गाडी सडकमा छ। प्रदर्शनकारीहरुले घेरिरहेका छन्। छिटोभन्दा छिटो सुरक्षाकर्मी पठाउनुपर्‍यो भनेर उसले कम्युनिकेशन गरिरहेका थिए। त्यति हुँदा पनि करिब २०÷२२ मिनेटसम्म पनि त्यहाँ सुरक्षाकर्मीहरु पुगेनन्। त्यसपछि प्रदर्शनकारीहरुले आगो लगाए भन्ने कुरा पछि मैले जानकारी पाएँ।


यो घटनामा हामी कहीँ कतैबाट पनि जोडिदैनौँ। हाम्रो कुनै सम्बन्ध, साइनो पनि छैन। हाम्रो मन्त्रालयसँग जोडिएको विषय पनि होइन। हामीचाहीँ सामान्य अवस्थामा बैठक कक्षबाट मन्त्रालयमा आउने क्रममा बाटोमा गाडी रोकियो। यो घटना भयो। यस विषयमा हामी प्रष्ट के छौँ भने, न त्यो घटनाभन्दा पहिले हामीलाई जानकारी छ। न हामीलाई रोकिसकेपछिको घटनाको जानकारी छ। हामी यो घटनासँग कुनै पनि हिसावमा जोडिदैनौँ। अब भौतिक पूर्वाधार मन्त्री चढेको गाडी आएकै कारणले यो घटना  घट्यो भन्ने कसैले परिभाषा गर्छ भने यो पूर्ण रुपमा गलत कुरा हो। किनकी सडक खुला छ। सडकमा गाडी त चल्छन्। अरु गाडीहरु पनि चलिरहेकै छन्। हाम्रो गाडी पनि चल्यो। त्यहाँ डिस्टर्ब छ भन्नेकुरा जानकारी भएपनि त्यो बाटोमा हामी जादैन थियौँ।

त्यो जानकारी पनि भएन। यो घटनासँग हाम्रो कुनै संलग्नता पनि छैन। हाम्रो गाडी त्यो बाटोमा हिँडेकै कारणले यो घटना उत्तेजक बनेको पनि होइन। त्यसभन्दा पहिलेदेखि नै त्यहाँ भीडन्त भएको रहेछ। त्यसपछि पनि भीडन्त भइराख्यो। जहाँ गाडी जलाइयो त्यो ठाउँमा भीडन्त भएको पनि छैन। त्यो ठाउँमा कुनै गोलि चलेको पनि छैन। त्यसकारण यो घटनामा हामीलाई जोड्ने अथवा हाम्रो गाडी सडकमा गएको कारणले यो घटना घटेको हो अथवा प्रदर्शनकारी बढी उत्तेजित भएका हुन् भन्नेकुरा गलत छ।

त्यतिबेला म बैठक कक्षबाट निस्किएँ। त्यसपछि मैले पिएसओ र ड्राइभरलाई हामी सिंहदरबार जाऔँ भने। हामी सबै गाडीमा बस्यौँ। गाडीबाट हिड्यौँ। हिँड्दाहिँड्दै पिएसओले हामी बालकुमारीबाट मन्त्रालय जाँदैछौँ भनेर आफ्नो सेन्ट्रलमा उनले खबर गरिरहेको मैले सुने।

त्यतिबेला सम्म पिएसओले वा अरु सुरक्षाकर्मीले कहिँ कतैबाट यो बाटो डिस्टर्ब छ। यो बाटोमा जानु हुँदैन। अथवा अर्को कुनै रुट प्रयोग गरौँ। भन्ने किसिमको जानकारी कहिँ कतैबाट आएन। यो जहाँबाट पनि पुष्टि हुन्छ। त्यहाँ डिस्टर्ब छ भन्दाभन्दै म मुर्खतापूर्वक त्यो बाटो त जाँदैन। बरु हामी त्यो बाटोमा प्रवेश गरिसकेपछि जो डिस्र्टबेन्स् देखियो। त्यसपछि हामी सर्तक भयौँ र अब कसरी सुरक्षित हुने भन्ने किसिमले हामीले प्रयत्न गर्‍यौँ।

प्रयत्न गर्दागर्दै हामी सफल भएनौँ त्यो एउटा पाटो भयो। तर अहिले मन्त्रीको गाडी आएकै कारणले यो घटना यसरी अगाडी बढ्यो भन्ने कुरा जुन भनिदैछ। यो आफ्नो दोष अरुतिर पन्छाउने खालको प्रयत्न÷कसरत हो भन्ने मलाई लाग्छ। त्यसकारण यो घटनाको बारेमा हामी दुःखी छौँ। घटना घट्यो। नघट्नुपर्ने थियो।

दुई जना युवाहरुले ज्यान गुमाए। यो एउटा दुःखद् पक्ष हो। तर हाम्रो त कहिँ कतैबाट सम्बन्ध नै छैन यसमा। हामी सामान्य रुपमा त्यो बाटो प्रयोग गरेर मन्त्रालय आउन खोजेको हो। आउने क्रममा अवरोध भयो। अबरोध भएपछि म आफ्नो बैठकतिर फर्किएँ। त्यहाँ गाडी आगलागि भयो। हामी त पीडित पक्ष हौँ। साच्चिकै भन्दाखेरी। मान्छेको ज्यान जानेभन्दा गाडी आगलागि हुने कुरा सानो कुरा होला। तर हाम्रो मन्त्रालय त पीडित पक्ष हो।

हामी बिना कारण, निर्दोष हुँदाहुँदै, त्यसमा हाम्रो कुनै संलग्नता नहुँदा नहुँदै, कुनै सम्बन्ध नहुँदा नहुँदै हाम्रो त गाडी क्षति भएको छ। सरकारी सम्पत्ति क्षति भएको छ। त्यसकारण पीडित पक्षतिर नै फेरी यो घटनालाई पन्छाएर जो सुरक्षाकर्मीले कमजोरी गरेका छन्। चाहेँ सुरक्षा सम्बन्धी सूचना दिने कुरा होला।

चाहे गोलि चलाउने अवस्था थियो कि थिएन त्यस्तो अवस्थामा गोलि चलाइएको कुरा होला। यो तमाम कुरामा आफ्नो कमजोरी कतै ढाकछोप गर्नलाई फरक ढंगले अभिव्यक्ति आउन थाल्यो कि भन्ने कुरामा मलाई अनुभुति हुन थालेको छ।

कतिले त्यहाँ किन गएको मन्त्री भन्नेपनि प्रश्न गरेछन्। दुनियाँलाई थाहा छ, तिन दिनदेखि बैठक चलिरहेको छ। केन्द्रिय कमिटी बैठकमा त मन्त्री भएको केन्द्रिय सदस्य पनि जान्छ नि। बैठकमा दिनदिनै गएका छौँ हामी। दिनदिनै बैठकबाट मन्त्रालयमा काममा आएका छौँ। त्यसकारण आउने जाने त तीनदिनदेखि हाम्रो चलिरहेकै छ।

यस्ता कुरामा जे सत्य र वास्तविक हो त्यही नै कुरा सबैले गर्नुपर्छ। हाम्रो तर्फबाट सत्य कुराहरु प्रष्ट पारिएको छ। हामी प्रष्ट पार्न तयार छौँ। जुनसुकै हिसावले पनि यो कुरालाई सत्य सावित गर्न हामी सक्षम छौँ।”

Share This Article
Facebook Email Copy Link Print
Previous Article देउसीको झगडामा साथीको हत्या गरी भागेका भोजपुरका पूर्णहाङ ३० वर्षपछि ललितपुरबाट पक्राउ
Next Article मृतक सुजनकी आमा सोध्छिन्- मेरो बाबुको होस आयो त ?
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाजहुम्ला - HML

सेताम्य सिमिकोट, जनजीवन अस्तव्यस्त (फोटो फिचर)

57 years ago
पर्सा - PRSसमाज

लागुऔषधसहित तीन पक्राउ

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारसमाज

एमडीएमएस घोटालाः प्राधिकरणका पूर्व अध्यक्षहरू दोषी ठहर, १२ जनालाई सफाई

1 year ago
समाज

रौतहटमा कर्फ्युको दायरा बढाईयो

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?