२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मृतक सुजनकी आमा सोध्छिन्- मेरो बाबुको होस आयो त ?

२०८०, १६ पुष सोमबार १०:१९

पुस १६, काठमाडौँ | अचेल दैलेखको महाबु गाउँपालिका– ६ स्थित नन्दा रावतको घरमा आउने–जाने मान्छे भइरहन्छन् । घरमा पुग्ने सबैले नन्दालाई सम्झाइ–बुझाइ गरिरहेका हुन्छन्, सान्त्वना दिइरहेका छन् । भन्छन्– बाबुलाई केही हुँदैन, छिट्टै होस खुलेर घर फर्कन्छ ।

४३ वर्षीय नन्दाको अवाज आउँदैन, तर आँखामा छोरा फर्कने आशा झल्कन्छ ।

हो, आज सोमबार बिहानसम्म पनि नन्दाका लागि आफ्ना छोरा सुजन अस्पतालको आईसीयूमा उपचाररत नै छन् । र, आफ्नो छोरा जीवन मरणको दोसाँधमा रहेको ठानेकी नन्दाले जीवन रक्षाको लागि भगवानसँग पुकार गरिरहेकी छिन् । तर सुजनले शुक्रबार नै संसार छाडिसेका छन् ।


घरपरिवार र आफन्तले अझैसम्म छोरा सुजन रावतको निधन भएको खबर आमा नन्दालाई भनेका छैनन् । शृंखलाबद्ध विपत्ति भोग्दै आएकी नन्दासामु कसैले वास्तविकता बताउन सकेका छैनन् । नन्दाले एक वर्षअघि अर्थात् २०७९ मंसिर २ गते पति भक्तबहादुर रावतलाई गुमाएकी थिइन् ।

पति भक्त बहादुरको उच्च रक्तचापका कारण निधन भएको थियो । पति वियोगमा रहेकी नन्दाले त्यसको एक महिनापछि आमा गुमाइन् । अहिले वर्ष दिन नपुग्दै उनले आफ्नो सहारा छाेरा सुजन गुमाइन् । त्यसैले आफूलाई संहाल्नै नसक्ने आकलन गरेर आफन्तले छोरा सुजनको मृत्युको खबर नन्दालाई सुनाउन नसकेका हुन् ।

घरमा पुग्नेजतिले छोराको उपचार भइरहेको भनेपछि उनको मनमा छोरा बाँच्ने आशाको दीयो निभेको छैन । घरमा कोही पनि नयाँ मान्छे आउनेबित्तिकै सोध्ने गर्छिन् ‘‘मेरो बाबु (छोरा) साँच्चै आईसीयूमा छ र ? होस् आयो त ?’’

भान्जाको मृत्युको खबर सुनाउँदा दिदीलाई स्वास्थ्य समस्या हुने डरले अझसम्म सत्य कुरा भन्न नसकिएको नन्दाका भाइ यामराज कटुवालले बताए ।

‘‘पोहोर साल भिनाजु बिते, त्यही साल हजुरआमा पनि बित्नुभयो । अहिले फेरि भान्जाको यस्तो भयो । दिदी सुगर र प्रेसरको बिरामी हुनुहुन्छ । यस्तो अवस्थामा सत्य कुरा सुनाउँदा कसरी सहलिन् दिदीले भनेर भन्न सकिएको छैन’’ यमराजले भने । आईसीयूमा राखेर उपचार भइरहेको छ भनेर ढाँटिरहेको उनले सुनाए ।

अहिले सुजनको आमा मात्र होइन, बहिनी र भाइसमेत सामान्य अवस्थामा छैनन् । उनीहरूलाई आफन्त र छरछिमेक सबै जम्मा भएर सान्त्वना दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता