२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गाँजा मिसाइएको केक तथा कुकिज बेच्ने थप २ जना पक्राउ

२०८०, २५ पुष बुधबार ०८:४७

पुस २५, काठमाडौँ | लागु औषध गाँजा मिसाएर केक र कुकिज तयार गर्ने कार्यमा संलग्न  दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सामाजिक सञ्जालमा अकाउन्ट बनाएर अवैध लागु औषध गाँजा प्रयोग गरी केक र कुकिज  बनाई बिक्री वितरण हुने गरेको विशेष सूचनाको लागु औषध नियन्त्रण ब्युरोले मंगलबार मोहमद फाजिल र शालोम सादा लेप्चा जैसीलाई पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो । 


उनीहरूले राजधानीको एकान्त कुनामा घर भाडा लिई एक वर्षदेखि यस्तो कार्य गर्दै आएको खुलेको छ । खानतलासीको क्रममा प्रहरीले गाँजा १ केजी १०० ग्राम, डाँठसहितको गाँजा १ केजी ५६८ ग्राम, विक्री गर्न तयारी अवस्थाको केक १ केजी ९०० ग्राम, माईक्रोओभन थान १, बिक्री गर्न  तयारी अवस्थाको बटर ९०० ग्राम, बिक्री गर्न तयारी अवस्थाको कुकिज १ केजी ३२४ ग्राम र डिजिटल तराजु थान १ लगायतका विभिन्न सामाग्रीहरु समेत  बरामद भएको प्रहरीले जनाएको छ । 

उनीहरूले गाँजा मिसावट गरिएका केक र कुकिजका विभिन्न प्रकारहरु बनाई विगत एक वर्षदेखि अनलाइनमार्फत डेलिभरी गर्ने गरेको खुलेको छ ।  यसअघि  प्रहरीले गाँजा मिसावट गरी अवैध रूपमा केकको विक्री वितरण गर्ने विशान मानन्धरलाई पक्राउ गरेको थियो । उनी पक्राउ परेसँगै अहिले पक्राउ परेका दुई जनाले पनि पक्राउ पर्ने डरले पहिले कारोबार गर्दै आइरहेको सामाजिक सञ्जालको पेजलाई  परिवर्तन गरी कारोबार गर्न थालेको खुल्न आएको ब्युरोको भनाइ छ । निजहरू उपर ब्युरोले लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान थालिएको जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी