2026-07-24 10:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउन महिनामा मात्रै १८० महिला हिंसाका घटना, ४३ बलात्कृत

साउन ११, काठमाडौँ (रासस) | गत साउनमा मात्रै १८० महिलामाथि हिंसाका घटना भएका छन् । त्यसमध्ये ४३ बलात्कार र छ जनामाथि बलात्कारको प्रयास भएको पाइएको छ । 

महिला पुनःस्थापना केन्द्र (ओरेक) ले आज सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार यस महिनामा अन्य प्रकृतिका हिंसा प्रभावितमध्ये सबैभन्दा बढी ३८ प्रतिशत श्रीमानबाट हिंसा भएको पाइएको छ । त्यस्तै ३४ प्रतिशत छिमेकी र १२ प्रतिशत परिवारका सदस्यबाट हिंसा भएको प्रतिवेदनमा उल्लेख छ । 

हिंसा प्रभावितमध्ये सबैभन्दा बढी १७ देखि २५ वर्ष उमेर समूहका ३० प्रतिशत, २६ देखि ३५ उमेर समूहका २९ प्रतिशत र १६ वर्षभन्दा कम उमेरका २३ प्रतिशत महिला तथा बालिका रहेका छन् । 

प्रभावितमैत्री न्याय प्रणाली नहुनु, कानूनको प्रभावकारी कार्यान्वयन तथा पीडकलाई कडा कारबाही नहुनुले बलात्कार र बलात्कारपछिको हत्याका घटनाहरु शृङ्खलाबद्ध रुपमा बढिरहेको आरेकका कार्यक्रम निर्देशक अभिराम रायको भनाइ छ । 

गत आर्थिक वर्षमा बलात्कारका २८८ घटनामा १४ जनाको बलात्कारपछि हत्या भएको तथ्याङ्क ओरेकले अभिलेखीकरण गरेको छ । पछिल्लो समयमा अबोध बालिका बलात्कृत र बलात्कारपछि हत्या गर्ने शृङ्खला बढ्दो छ । सडकदेखि सदनसम्म पीडकलाई जन्मकैददेखि फाँसीसम्मको सजाय हुनुपर्ने आवाज पनि उठिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक