२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शशाङ्क कोइराला भन्छन्- गठबन्धन टुट्दा लुकेको खुसी मिलेको छ

२०८०, २४ फाल्गुन बिहीबार ०६:५४

फागुन २४, काठमाडौँ | नेपाली कांग्रेसका नेता शशाङ्क पौडेलले माओवादीसँगको गठबन्धन टुटेकोमा आफू खुसी भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गठबन्धन टुट्नुमा ‘ब्लेसिङ्ग इन डिस्गाइज’ लुकेको खुसी मिलेको बताए । उनले भने, ‘मेरा लागि खुसीको कुरा हो । जति सुकै भोट आओस् कांग्रेस लड्छ ।’

उनले कांग्रेसले कुनै हालतमा पनि कुनै दलहरूसँग पनि गठबन्धन गर्न नहुने बताए ।

उनले भने, ‘२०४६ सालमा पनि वामपन्थीहरुसँग कांग्रेस मिलेर ठुलो गल्ती गरेको थियो । हामीले अहिले पनि ठुलो गल्ती गरिरहेका थियौ । अहिले ठिक भएको छ । मलाई त गठबन्धन टुटेर धेरै खुसी मिलेको छ । हामीले कम्युनिस्ट स्थापित गरिरहेका छौ । ४६ सालको आन्दोलन सकिँदा सबै अञ्चलाधीशहरू थिए ।राजाहरूले कांग्रेसलाई सक्न पञ्चायतमा कम्युनिष्टहरुलाई मिलाए । दरबारले कांग्रेससँग भिड्न कम्युनिस्ट बनाए । अहिले हामी उनीहरूसँगै गठबन्धन गरेर हिँडिरहेका छौ ।’

उनले नेपाली कांग्रेस अब एक बनाएर अगाडि बढ्ने बताए । उनले प्रतिपक्षमा बसेर कडा रूपमा भूमिका खेल्ने बताए ।

उनले देशको धर्म न निरपेक्ष हुन्छ न सापेक्ष हुने बताए । उनले देशको धर्म सधैँ स्वतन्त्र हुने दाबी गरे । अहिलेको गठबन्धन टुट्नुमा सत्ताको खेल मात्रै भएको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति