By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    6 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    6 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    11 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    11 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: नेपाल–जापान सम्बन्धमा नेपाली समाज उदाहरणीय छ : राजदूत डा सुवेदी
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > नेपाल–जापान सम्बन्धमा नेपाली समाज उदाहरणीय छ : राजदूत डा सुवेदी
समाज

नेपाल–जापान सम्बन्धमा नेपाली समाज उदाहरणीय छ : राजदूत डा सुवेदी

साझासवाल
Last updated: March 9, 2024 6:00 am
साझासवाल
6 Min Read
Share

फागुन २६, टोकियो | जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले जापानमा रहेको नेपाली समाजले नेपाल–जापान सम्बन्ध विस्तारमा पुयाृउँदै आएको योगदान उदाहरणीय रहेको बताएका छन् । दुई देशबीचको सम्बन्ध विस्तारमा जापानस्थित नेपाली समाजले हासिल गरेको उचाईबाट जापान सरकार तथा यहाँको समाजले नेपाली परिचय र पहिचान दिलाउन सफल भएको उनले उल्लेख गरे ।  

राजदूत डा सुवेदीले नेपाल–जापानबीचको सांस्कृतिक, धार्मिक र जनस्तरमा सम्बन्ध विस्तारमा यहाँको नेपाली समाजले उल्लेख्य भूमिका निर्वाह गरेको बताए । जापानमा हाल करिब एक लाख ६३ हजारको सङ्ख्यामा नेपाली रहेको अनुमान गरिएको छ । नेपालीहरु विभिन्न पेसा व्यवसाय, रोजगारी र अध्ययनका सिलसिलामा जापानमा बस्दै आएका छन् । 

उच्च शिक्षा अध्ययन र रेष्टुराँ व्यवसायमा संलग्न नेपालीको सङ्ख्या बढी छ । जापानमा हाल करिब ४० हजार नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनमा छन् भने करिब आठ सयको सङ्ख्यामा नेपाली रेष्टुराँ सञ्चालनमा रहेको बताइएको छ । त्यहाँका रेष्टुराँ नेपाली पहिचान झल्कने रातोमाटो, निम्तो, चिनो, आँगन, हार्दिक, नेपाली खाजाघरजस्ता नामाकरण दिएर सञ्चालन गरिएको पाइन्छ । नेपाली दालभात तरकारीका अलवा कोदो र फापरको ढिँडो, मःमजस्ता परिकार र व्यञ्जनले नेपाली खानालाई जापानमा समेत परिचय गराएको राजदूत डा सुवेदी बताउछन् । 

“जापानमा रहेको नेपाली समाज अन्य देशको तुलनामा सु–सङ्गठित, सुविचारित र समृद्ध हुँदै गएको छ”, राजदूत डा सुवेदीले भने । 

गैरआवासीय नेपाली सङ्गठन (एनआरएन) का पूर्वअध्यक्ष भवन भट्ट तथा मनि एक्सचेन्जका क्षेत्रका ओम गुरुङ, रवीन शेरचन, महेशलाल श्रेष्ठ एवं व्यापार तथा व्यवसाय क्षेत्रमा भूषण घिमिरे, शिवप्रसाद पौडेललगायत जापानमै ख्याति कमाएका व्यक्ति हुन् । अहिले जापानमा रहने नेपाली कुक अथवा वेटर मात्र नभई विभिन्न क्षेत्र तथा ठूला र स्थापित पेसा व्यवसायमा अघि बढिरहेका छन् । जापानमा प्रा डा केशवलाल महर्जन, प्रा डा नेत्रप्रकाश भण्डारी, प्रा डा रमेश पोखरेल, प्रा डा प्रमिला न्यौपानेलगायत प्राध्यापनमा संलग्न छन् । स्वास्थ्यदेखि इन्जिनियरिङ, वातावरणका क्षेत्रसम्ममा समेत विद्यावारिधि गर्ने क्रममा नेपाली विद्यार्थी रहेका छन् ।

राजदूत डा सुवेदी भन्छन्, “हामीले गौरव गर्नुपर्छ । नेपालीहरु विद्या र वुद्धिको क्षेत्रमा प्रखररुपमा अघि बढी रहनुभएको छ । नेपाली प्रकृति, संस्कृति, कला र साहित्यको अनुसन्धानमा त्यतिकै समर्पित छन् ।” नेवारी संस्कृतिमा मात्र नभई नेपालका कुना कन्दरामा पुगेर मगर भाषामा विद्यावारिधि गर्ने समेत जापानी नागरिक रहेका राजदूत डा सुवेदी बताउछन् । 

“नेपालको प्रकृतिदेखि, कला, सङ्गीत, संस्कार, धर्म र संस्कृतिसम्म अनुसन्धान गर्ने जापानी रहेका छन्”, उनले भने । नेपाल–जापानबीचकोे अनुपम सम्बन्ध र सहयोगलाई जापानले सदासर्वदा उच्च प्राथमिकतामा राख्दैआएको छ । जापानले नेपालको शिक्षा, स्वास्थ्य, सडक, हवाई, सडक, कृषि, पूर्वाधारलगायतका क्षेत्रमा लामो समयदेखि  सहयोग पुर्याउँदै आएको उनले उल्लेख गरे ।

नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ तारिखमा औपचारिकरुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । तर करिब डेढ सय वर्ष अघिदेखिनै दुवै देशबीच सम्बन्ध ऐतिहासिक र प्रगाढ थियो । त्यसअघि सन् १८९९ मा जापानका बौद्ध भिक्षु एकाइ कावागुचीले बौद्धधर्म ग्रन्थको अनुसन्धानका सिलसिलामा नेपालको भ्रमण गरेका थिए ।

राणाकालमा आठ विद्यार्थीलाई खनिज, मेकानिकल, खरखजाना, प्रविधि र कृषिबारे उच्च शिक्षा अध्ययनका लागि जापान पठाइएको इतिहास छ । शैक्षिक हिसाबले त्यो घटना निकै महत्वपूर्ण विषय हो । तत्कालीन सरकारले ती विद्यार्थीका लागि खाना पकाउने भान्सेसहित पानीजहाज चढाएर अध्ययन गर्न जापान पठाएको थियो । उनीहरु नेपाल फर्कने क्रममा जापानबाट उन्नत जातको गोदावारी फूल र हलुवावेद नेपाल ल्याएको बताइन्छ ।

नेपाल र जापानबीच दौत्य सम्बन्धको नो वर्षपछि टोकियोमा नेपाली दूतावास स्थापना भएको हो ।  त्यसको लगत्तै जापानले काठमाडौँमा आफ्नो दूतावास खोलेको थियो । नेपालका सबै राजनीतिक परिवर्तनलाई जापान सरकार र जापानी जनताले आत्मसात् गर्दै सम्मान र स्वीकार गर्दैआएका छन् । अनुशासित र मेहनती जनता, नवीनतम उच्च प्रविधिको प्रयोग र शान्त कूटनीतिका माध्यमद्वारा अघि बढिरहेको जापान विश्वका सबै मुलुकका लागि आकर्षण र अध्ययनको केन्द्र बनेको छ । 

कुलेखानी जलविद्युत् आयोजना, महाराजगञ्ज शिक्षण अस्पताल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राडार जडान, रेडियो नेपालको भवन, सिन्धुली–बर्दिवास विपी राजमार्ग र नागढुङ्गा सुरुङ नेपालको विकासमा जापानी सहयोगका उदाहरण भएको राजदूत डा सुवदी बताउछन् । कुनै रणनीतिक उद्देश्य नराखी केवल नेपाली जनता र नेपालको आर्थिक तथा सामाजिक विकासलाई केन्द्रित गरी जापानले निरन्तर सहयोग गर्दैआएको उनले बताए । सरकारीसगै जनस्तरमा रही आएको घनिष्ट र प्रगाढ  सम्बन्धकै कारण ठूलो सङ्ख्यामा नेपाली जापान पुगेका हुन् । 

विदेशी मुलुकमा नेपाली पाठ्यक्रमका आधारमा पठनपाठन हुँदैआएको टोकियोस्थित एभरेष्ट इन्टरनेसनल स्कुलले पनि जनस्तरमा दुई देशबीचको सम्बन्ध विस्तारमा सेतुको काम गरेको छ । त्यस विद्यालयलाई जापानले अन्तर्राष्ट्रियस्तरको विद्यालयको मान्यता प्रदान गरेको विद्यालयका  प्राचार्य विष्णुप्रसाद भट्ट बताउछन् । टोकियोस्थित नेपाली समाजकै अग्रसरमातामा खोलिएको सो विद्यालयमा हाल कक्षा १ देखि १२ सम्म नेपालकै पाठ्यक्रमका आधारमा पठनपाठन भइरहेको छ ।

उक्त विद्यालयले नेपाली भाषा, साहित्य, शिक्षा, वेशभूषा, परम्परा, रहनसहन, कला, संस्कृति र सभ्यतालाई विश्वसमुदायमा पुर्याउन योगदान पुर्याइरहेको संस्थापक सदस्य एवं विद्यालय सञ्चालक समिति सदस्य भूषण घिमिरेले बताए । विद्यालयमा हाल जापानीसहित ४५० विद्यार्थी अध्ययनरत छन् । टोकियोमा नेपाली पाठ्यक्रमअनुरुप पढाइ हुने विद्यालय सञ्चालन गरी नेपालीपन र नेपाली मन बचाउने कार्यमा नेपाली समाजले गरेको कार्य आदरणीय रहेको राजदूत डा सुवेदीले बताए । सन् १९९० मा जापानमा नेपाली समाज गठन भएको हो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article हत्या गरिएको अवस्थामा महिलाको शव घरभित्र फेला
Next Article हङकङविरुद्ध टस जितेर पहिला फिल्डिङ गरेको नेपाललाई तेस्रो सफलता
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

राष्ट्रपतिद्वारा क्यानडा र पोर्चुगलमा राजदूत नियुक्त

57 years ago
मुख्य समाचारविश्वसमाज

अमेरिकामा जासुसी गरेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ

1 year ago
समाज

‘बिधुत महशुल बक्याैंतामा बिबाद नगराैं, संसदीय छानबिन समिति बनाअाैं’ – माओवादी

57 years ago
काठमाडौँ - KTMसमाज

केन्द्रमा बढीमा २५ प्रतिशत निजामती कर्मचारी रहने

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?