२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अरू थुनुवा महिलालाई समेत अनावश्यक उचालेर प्रहरीलाई हैरान बनाउछिन् शर्मिला वाइबा

२०८०, २७ फाल्गुन आईतवार ०८:५२

फागुन २७, काठमाडौँ | आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा यही फागुन १६ गतेदेखि प्रहरीको थुनामा छिन् । आफूमाथि कुटपिट गरेको भन्दै हास्यकलाकार पवन खतिवडा ‘म्याकुरी’ले प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेकी हुन् ।

शर्मिलाले प्रहरी कार्यालयभित्र समेत हैरानी दिएको प्रहरीको भनाइ छ । महारागन्ज प्रहरीको थुनुवाकक्षमा हाल १० महिला थुनुवा राखिएको छ । उनीहरूलाई समेत अनावश्यक उचालेर प्रहरीलाई हैरानी दिने गरेको महाराजगन्ज प्रहरीको भनाइ छ । बयान दिँदा समेत उनी प्रहरीमाथि नै जाइलाग्ने गरेको बताइएको छ । उनलाई महिला प्रहरीको विशेष निगरानीमा राखिएको छ ।


उनीमाथि प्रहरीले मुलुकी अपराध संहिता, २०७४ अनुसार शारीरिक पीडा तथा कुटपिट गर्न नहुने कसुरमा अनुसन्धान जारी राखेको छ । प्रहरीले २४ दिन थुनामा राखेर अनुसन्धान गर्न पाउने कानुनी प्रावधान छ । शर्मिलामाथि अनुसन्धान सुरु गरिएको आइतबार १२ दिन पुगेको छ । सिन्धुपाल्चोकबाट पक्राउ परेकी शर्मिला हाल प्रहरी वृत्त महाराजगन्जको थुनामा छिन् ।

उनीविरुद्ध कुटपिटसम्बन्धी अभियोग पुष्टि भएमा अधिकतम तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । सामाजिक सञ्जाल युट्युबमार्फत विभिन्न व्यक्तिहरूको चरित्र हत्या हुने अभिव्यक्ति दिँदै आएको पनि उनीमाथि आरोप छ ।

शर्मिलामाथि नेपाल प्रहरीको साइबर ब्युरोमा समेत उजुरी दिइएको छ । पवन र उनकी श्रीमती सुम्निमाबीचको विवादका क्रममा पवनमाथि हातपात गरेपछि उनी प्रहरीको थुनामा बस्नुपरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति