2026-09-14 09:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा सडक खुलाउनका लागि निःशुल्क जग्गादान

जेठ २८, भीमदत्तनगर | कञ्चनपुर बेदकोट नगरपालिका–२ स्थित चाँदनीफाँटा र जडेपानी जोड्ने सडक खुलाउनका लागि २० जना स्थानीयले निःशुल्क रुपमा जग्गादान गरेका छन् । 

बस्ती बसेको करीब पाँच दशकपछि सो सडक खुलेपछि स्थानीयवासी हर्षित भएका छन् । लामो समयसम्म खेतको आलीमा हिँड्डुल गर्दै आएका स्थानीयले सडकमा पर्ने जग्गा निःशुल्क रुपमा दान गरेपछि सो सडक सञ्चालनमा आएको ८३ वर्षीय स्थानीय मनिदत्त भट्टले बताउनुभयो । 

“सडक नहुँदा बन्धकजस्तै भएको थियौं,” उहाँले भन्नुभयो “सडक बनाउने भनेपछि खुशी हुँदै मैले पनि जग्गा दान दिए ।” २०२४ सालमा बसाई सरेर यहाँ आउनुभएका भट्टले सडक नभएकै कारण विगतमा धेरै पीडा भोग्नुपरेको स्मरण गर्दै उक्त सडक नहुँदा पाँच मिनेटको दूरी पार गर्न दुई घण्टा हिँड्नुपर्ने बाध्यता रहेको बताउनुभयो । 

स्थानीय तहको अग्रसरताका कारण पनि गाउँमा सडक, बिजुली, खानेपानीलगायतका पूर्वाधार आउन थालेको उहाँको भनाइ छ । 

“सडक सञ्जालसंग गाउँ जोडिँदा साच्चै सिंहदरबार गाउँमै आएको भान भयो,” उहाँले भन्नुभयो, “अब गाउँका बालबालिकाले पनि स्कूल जाँदा दुःख भोग्नु पर्ने छैन ।” 

स्थानीय बैजनाथ माध्यमिक विद्यालयका प्राचार्य थिरेन्द्रचन्द्र भट्टले सडक खुलेपछि विद्यार्थीलाई विद्यालय आवतजावतमा सहज भएको बताउँदै “विद्यार्थीसँगै सडक विस्तार हुँदा यहाँका झण्डै १०० परिवारलाई सहज भएको छ,” भन्नुभयो । सडक नहुँदा विगतमा विद्यार्थी स्कूल सधैँ ढिलो पुग्थे, उहाँले बताउनुभयो । 

स्थानीय जगदीश विष्ट पनि सडक खुलेपछि खुशी व्यक्त गर्नुभयो । आफूले पनि सडक खुलाउन जग्गा दान गरेको जानकारी दिँदै उहाँले सडक खुल्दा गाउँ नै हर्षित भएको बताउनुभयो । 

यहाँको बेतकोट नगरपालिका–२ का वडाध्यक्ष नरेश सिंहले बस्ती लामो समयअघि बसेको भए पनि सडक पहुँचबाट टाढा रहेको बताउनुभयो । उहाँले वडा कार्यालयको सक्रियता र स्थानीयको सहयोगमा दुई किलोमिटर सडक बनाइएको बताउनुभयो । 

“स्थानीयवासीसँगै यहाँ स्थापना हुने दैजी छेला आद्योगिक क्षेत्र जान पनि यो सडक छिटो हुन्छ,” वडाध्यक्ष सिंहले भन्नुभयो, “स्थानीयलाई पनि यो सडकले सदरमुकाम र विद्यालय जान सजिलो भयो ।” 

उहाँले स्थानीयले दिएको जग्गामा सडक खोलिएको बताउँदै उक्त सडकमा रु पाँच लाख बराबरको कालोपत्रे हाल्ने बताउनुभयो । लालपूर्जा भएको जग्गामा पनि सडक बनाउन स्थानीयले देखाएको भावनाको वडाध्यक्ष सिंहले सम्मानसमेत व्यक्त गर्नुभयो । 

बेतकोट नगरपालिकाले नगरभित्र सडक नभएको ठाउँमा सडक विस्तारका साथै साँघुरो सडकलाई फराकिलो बनाउने, कालोपत्रे सडक भएको ठाउँमा स्तरोन्नति गर्नेलगायतका कामलाई तीव्रता दिएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ