<p><b>बैशाख ८, गुल्मी | </b>गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर १४ वर्षीय बालकको मृत्यु भएको छ । सत्यवती गाउँपालिका वडा नम्बर –६, खैरेनीका १४ वर्षीय युवाराजदिन मियाको बडिगाड खोलामा बल्छीको प्रयोग गरेर माछा मार्ने क्रममा नदिमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिए।<br></p><p>मिया शुक्रबार दिउँसो बल्छी लिएर माछा मार्न बडिगाड खोलामा गएका थिए। तर उनी साँझ सम्म घर नफर्किएपछि परिवार,स्थानीय र प्रहरीले खोजतलास गर्दा खोलाको किनारमा उनको तैरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।</p><p>शव पोस्टमार्टमको लागि गुल्मी अस्पतालमा ल्याउने काम र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।</p>
Related News
