मनोज पराजुली/ असार–१५, गुल्मी । गुल्मी दर्लिङ्गका एक युवाले प्रवासमा कमाएको रकम गाउँको विद्यालयलाई दिदै आएका छन् । दर्लिङ्ग गाविस वडा नम्वर–९ चुत्रावोट घर भई सउदी अरवमा कार्यरत वावुराम अर्यालय त्यहाँ कमाएको रकम गाउँका विभिन्न विद्यालयहरुलाई दिदै आएका हुन् ।

उनले विगत देखि त्यहाँका विभिन्न विद्यालयलाई चन्दा प्रदान गर्दै आई रहेको र अहिले नेटा दार्लिङ्ग उच्च मावि संञ्चालनका लागि एक लाख भन्दा बढि रकम सहयोग गरेका सो विद्यालयले जनाएको छ ।

त्यस विद्यालयका प्राचर्य तेजबहादुर सोनारले दिएको जानकारी अनुसार अर्यालय पिता डिलाराम अर्याल र माता पुन अर्यालको हातबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गराएका छन् ।

प्राचार्य सोनार भन्छन–‘यस गाविसका शैक्षिक क्षेत्रमा अर्यालय गरेको सहयोगको जति प्रंशसा गरे पनि कम हुन्छ ।’

June 29, 2016
गुल्मी - GLM, समाज
प्रवासको कमाई गाउँको विद्यालयलाई
By kit
2 मिनेट पढाइ