Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

इलामको महभिरमा रक क्लाइम्बिङ

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन १९, इलाम । इलाम नगरपालिका–७ स्थित महभिरमा रक क्लाइम्बिङका लागि संरचना निर्माण गरिएको छ ।

मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको आर्थिक सहयोग, नेपाली सेनाको कालीध्वज गणको प्राविधिक तथा जनशक्ति सहयोग तथा स्थानीय प्रगति युवा समाजको पहलमा महभीरमा करिब ४० मिटर अग्लो पहरामा रक क्लाइम्बिङ स्थल निर्माण गरिएको हो ।

उक्त क्षेत्रमा रक क्लाइम्बिङ, रक गार्डेन र बाल उद्यान निर्माण गर्ने योजनाअनुरूप पहिलो चरणमा रक क्लाइम्बिङ निर्माण गरिएको मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले बताउनुभयो । समितिको १० लाख रूपैयाँ र स्थानीय क्लब, उपभोक्ता समितिको रु चार लाखको लागतमा रक क्लाइम्बिङ निर्माण सम्पन्न गरिएको हो ।

उक्त रक क्लाइम्बिङमा नेपाली सेनाका खेमबहादुर डाँगी र भवानीशङ्कर थापाले ओपन तथा अस्ट्रेलियन रेप्लिङसमेत गरिसक्नुभएको छ । रक क्लाइम्बिङको योजना विगतका वर्षमा पनि बारम्बार उठ्ने गरेपनि निर्माण हुन सकेको थिएन । “रक क्लाइम्बिङ निर्माण गर्ने महाभिरवासीको धोको पूरा भएको छ”, अध्यक्ष उमेश महतले भन्नुभयो, “रक क्लाइम्बिङको प्रशिक्षणमा पठाएर दक्ष जनशक्ति तयार पार्ने योजनामा छौँ ।”

अहिलेको रक क्लाइम्बिङ क्षेत्रको नजिकै रहेको झर्नामा क्यानोनिङ पनि गर्न सकिन्छ भने ठूलो पहरामा झोलुङ्गे पुल बनाएर ओहोरदोहोर गर्नसके धेरै आन्तरिक तथा बाह्य पर्यटकलाई एउटा उत्तम गन्तव्य बनाउन सकिने द्यौरालीको भनाइ छ ।

कालीध्वज गणका प्रमुख सेनानी प्रकाश लामिछानेले रक क्लाइम्बिङका लागि विज्ञ जनशक्ति नेपाली सेनाबाट उपलब्ध गराईदिएबमोजिम निर्माण गर्न सहज भएको हो । सोही बमोजिम विज्ञ खेमबहादुर डाँगी, भवानीशङ्कर थापा तथा सेनाको थप मद्दतबाट ४५ दिन लगाएर पहराको लेउ, झार, घाँस र रूख सफा गरिएको हो ।

अब अझै त्यो पहरालाई पानीले धोएर सफा गर्नुपर्ने युवा समाजले जनाएको छ । केही समयपछि रक क्लाइम्बिङको औपचारिक उद्घाटन गरी सबैलाई बोलाएर रक क्लाइम्बिङ र रेप्लिङको प्रस्तुति गर्ने योजना रहेको कार्यकारी निर्देशक द्यौराली बताउनुहुन्छ । रासस