१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विवाहको भोज खाई फर्कने क्रममा दुई समूहबीच विवाद हुँदा कुटाकुट, २१ वर्षीय युवकको मृत्यु

१२ बैशाख २०८१, बुधबार १२:२७

बैशाख १२, सल्यान । सल्यानमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ। जिल्लाको कुमाख गाउँपालिका- ६ वडागाउँका २१ वर्षीय विकास वलीको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

कुमाख गाउँपालिका- ५ कौछेको एक घरमा विवाहको भोज खाई फर्कने क्रममा दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको थियो। 


कुटपिटबाट घाइते भएका वलीको मिसन अस्पताल रुकुम पश्चिमको चौरजहारीमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए। 

कुटपिटबाट अन्य दुईजना १८ वर्षीय सुशील केसी र २८ वर्षीय मदन केसी घाइते भएको प्रहरीको जनाएको छ। घाइतेमध्ये मदन भने डिस्चार्ज भइसकेका छन् भने अर्का एकजनाको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ। 

प्रहरीका अनुसार कुटपिट गर्ने अन्दाजी २० वर्षीय मानसिंह कुमाई, १९ वर्षीय हेमन्त थापालगायत ६-७ जना रहेको र उनीहरू फरार छन्। विवादको कारण खुल्न सकेको छैन। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट