१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनकोशी डाइभर्सनको निरीक्षणपछि बाबुराम भन्छन्- कृषिक्रान्ति नै देशको समृ्द्धिको पहिलो आधार

२७ बैशाख २०८१, बिहीबार १०:१६

बैशाख २७, काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले कृषिक्रान्ति नै हाम्रो दिगो आर्थिक समृ्द्धिको पहिलो आधार भएको टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बुधबार ‘ब्रेक थ्रु’ भएको सुनकोशी मरिण डाइभर्सन सुरुङको स्थगलत निरीक्षणपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै  जमीन र पानी सबभन्दा ठूलो प्रकृतिक श्रोत र कृषि नै अझै मुख्य रोजगारी भएको देशमा कृषिक्रान्ति नै हाम्रो दिगो आर्थिक समृ्द्धिको पहिलो आधार भएको बताएका हुन् ।


उनले भनेका छन्-

सुनकोशी-मरिण डाइभर्जन प्रेजेक्टको सुरूंग निर्माणको सफलता सबैकानिम्ति खुशीको कुरा हो । यस सन्दर्भमा हामीले ध्यान दिनुपर्ने सबभन्दा महत्वपूर्ण कुरा के हो भने जमीन र पानी सबभन्दा ठूलो प्रकृतिक श्रोत र कृषि नै अझै मुख्य रोजगारी भएको देशमा कृषिक्रान्ति नै हाम्रो दिगो आर्थिक समृ्द्धिको पहिलो आधार हो ।

तराई-मधेसमा खेतियोग्य जमीन धेरै भएको र पूर्व-पश्चिम महाभारत शृंखला भएर बग्ने कोशी,गण्डकी र कर्णाली नदीका शाखाहरू नै सिंचाइयोग्य पानीको सबभन्दा ठूलो श्रोत भएकाले ती नदीको पानीलाई तराई-मधेसमा डाइभर्सन गर्ने परियोजनालाई नै हामीले उच्च प्रथमिकता दिनुपर्छ ।

मेरो पालामा राष्ट्रिय गौरवका योजना घोषणा गर्दा त्यसैलाई प्राथमिकता दिइएको तर अहिलेसम्म तिनको प्रगति मन्द हुनु दुःखद छ।चुरेको फेदीबाट पूर्व-पश्चिम नहर निर्माण गरेर तराई – मधेसमा कृषिक्रान्ति गर्न सके देशमा खाद्यसुरक्षाको दिगो प्रत्याभूति हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट