२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मन्त्रालयको बजेटले लुडो र बाघचाल मात्रै खेलाउन सकिन्छ : मन्त्री श्रेष्ठ

२०८१, २७ बैशाख बिहीबार १०:३०

बैशाख २७, काठमाडौँ । खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालयको बजेटले लुडो, बुद्धिचाल र बाघचाल मात्रै खेलाउन सक्ने अवस्था रहेको बताएका छन् । 

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री श्रेष्ठले खेलकुद मन्त्रालयको बजेट अत्यन्त न्यून रहेको भन्दै उक्त बजेटले लुडो, बुद्धिचाल र बाघचाल मात्रै खेलाउन सक्ने अवस्था रहेको बताएका हुन् । 


कम बजेट भएको मन्त्रालयमा खेलकुद पूर्वाधारको माग भने देशको बजेट भन्दा ठूलो रहेको उनले बताए । मन्त्री श्रेष्ठले बजेट र उपयुक्त नीतिको अभावका काण खेलकुद पूर्वाधारको बिकास हुन नसकेको जिकिर गरे । 

उनले खेलकुद ऐन संशोधनको तयारी भइरहेको भन्दै यसका लागि आवश्यक सुझाव संकलन गर्ने काम समेत जारी रहेको जानकारी दिए । 

बैठकमा समिति सदस्यहरूले खेलकुद क्षेत्रमा खेलाडीहरूले पछिल्लो समय निकै राम्रो प्रदर्शन गरेपनि त्यही अनुसार पूर्वाधारमा सरकारले ध्यान दिन नसकेको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने