१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जग्गा विवादमा कोदालो प्रहार गरी एकजनाको हत्या

३ जेष्ठ २०८१, बिहीबार १०:५०

जेठ ३, सिरहा । सिरहामा जग्गा विवादमा कोदालो प्रहार गरी एक जनाको हत्या भएको छ । सिरहाको अर्नमा गाउँपालिका–२ ब्रहमपुरीका ५३ वर्षीय बुधराम महतोको कोदालो प्रहार गरी हत्या भएको हो ।

बुधराम खेतमा खर लिन ट्याक्टर लिएर खेतमा पुगेका बेला बिहीबर बिहान ८ : २० बजे स्थानीय बचाई महतोले कोदालो प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीलाई उधृत गर्दै प्रहरीले जनाएको छ । बुधरामको घटनास्थलमै मृत्यु भएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

बचाई महतो फरार भएका छन् । प्रहरीका अनुसार मृतक बुधराम र बचाईबीच लामोसमयदेखि खेतको साँधसिमानाको विवाद थियो । बुधराम बिहीबार बिहानै केही भद्रभलादमीलाई लिएर ट्याक्टरसहित खेतमा पुगेका थिए ।

त्यही क्रममा बचाई पुगेपछि विवाद भएको थियो । सोही क्रममा बचाईले बुधराममाथि कोदालो प्रहार गरेपछि उनको मृत्यु भएको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएका छन् ।

शव परीक्षणको लागि प्रादेशिक अस्पताल सिरहा लगिएको र घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट