प्रभात सुवेदी/भदौ ४, बर्दिया । वर्तमान अवस्थामा सहकारीको कार्य भनेको ऋण लगानी तथा बचत मात्रै गर्नु नभएको आज जिल्ला सदरमुकाम गुलरियामा आयोजित एक कार्यक्रमका सहभाग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी/भदौ ४, बर्दिया । वर्तमान अवस्थामा सहकारीको कार्य भनेको ऋण लगानी तथा बचत मात्रै गर्नु नभएको आज जिल्ला सदरमुकाम गुलरियामा आयोजित एक कार्यक्रमका सहभाग"/>
2026-09-18 07:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ऋण र बचत गर्नु मात्रै सहकारी हैन

प्रभात सुवेदी/भदौ ४, बर्दिया । वर्तमान अवस्थामा सहकारीको कार्य भनेको ऋण लगानी तथा बचत मात्रै गर्नु नभएको आज जिल्ला सदरमुकाम गुलरियामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
रातोतारा कृषक बहुमुखी सहकारी संस्था लिमिटेडगुलरियाको आठौं वार्षिक साधारण सभा तथा चुनावी अधिवेशन कार्यक्रममा सहभागीहरुले उक्त कुरामा जोड दिँदै सहकारीको लगानी उत्पादनमूलक हुनुपर्ने र संबद्ध सदस्यहरुलाई समेत आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् ।
सभाको समुद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि  निमित्त डिभिजन सहकारी कार्यालयका प्रमुख कृष्ण प्रसाद भट्टराईले सहकारीको उत्तरोत्तर प्रगतिको कामना साथ आगामी दिनमा आफ्ना कार्यक्रमहरुलाई पूर्ण रुपमा उपभोक्तामुखी बनाउनुपर्नेमा जोड दिनुभयो । साथै सहकारी समाजमा नै सञ्चालन गरिने भएकोले यसले सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्नुपर्नेमा उहाँको जोड रहेको थियो ।
सभामा अध्यक्ष, कोषाध्यक्ष, सचिवबाट प्रस्तुत गरिएका प्रतिवेदनहरु पारित गरिएका थिए । यसैगरी लेखा समितिको प्रतिवेदन समेत सर्वसम्मतबाट पारित गरिएको थियो ।
कार्यक्रममा रातोतारा कृषक सहकारीले आ.व. २०७२/०७३ मा कूल ४ करोड २३ लाख ८१ हजार ५ सय ९९ रुपैँया ३४ पैसा कारोबार गरेको विवरण प्रस्तुत गरिएको थियो । भने आ.व. २०७३/०७४ का लागि अनुमानित आय व्यय ६ करोड ८ लाख ८३ हजार ७ सय २० रुपैँया ७५ पैसा प्रस्तुत गरिएको थियो ।
सभाले निम बहादुर थापाको अध्यक्षतामा आगामी ३ वर्षे कार्यकालको लागि निर्विरोध रुपमा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा सरस्वती पोखरेल, सचिव यज्ञ बहादुर हमाल, कोषाध्यक्ष विष्णुमाया सिग्देल रहनुभएको छ ।
यस्तै सदस्यहरुमा प्रेमप्रसाद अधिकारी, दुर्गा पौडेल, विवेक जैशी, मीरा के.सी. र कुमार पुरी निर्वाचित हुनुभएको छ । यसैगरी लेखा समतिको संयोजकमा मेघराज सिग्देल तथा सदस्यहरुमा नारायणप्रसाद पौडेल र अमित के.सी. रहनुभएको छ ।
नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन मण्डलको संयोजक यादव आचार्यले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई