कात्तिक २६, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन गरी निर्वाचन गराउने कार्य सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २६, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन गरी निर्वाचन गराउने कार्य सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । 

२०८२, ३० चैत्र सोमबार
काठमाडौँ - KTM

संविधान संशोधन सरकारको प्राथमिकता: उपप्रधानमन्त्री निधि

२०७३, २६ कार्तिक शुक्रबार १०:३१

कात्तिक २६, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन गरी निर्वाचन गराउने कार्य सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको चौँथो वार्षिक साधारणसभा तथा दोस्रो महाधिवेसनको आज यहाँ उद्घाटनगर्दै उहाँले भन्नुभयो – कात्तिक मसान्तसम्ममा संविधान संशोधन प्रस्ताव दर्ता गराउन प्रमुख प्रतिपक्षी दलसँग छलफल भइरहेको छ । 

उपप्रधान मन्त्री निधिले प्रदेशको सीमाङ्कन, राष्ट्रियसभा गठन, नागरिकता र भाषा लगायतका विषयमा संविधान संशोधन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । 

सुनको महत्व परम्परागत रुपमा मात्र नभएर मुलुकको सवल अर्थतन्त्र निर्माण तथा नोट निष्काशनमा समेत रहेकाले यस क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो –राष्ट्रिय राजनीति स्थिर भए मात्र मुलुकका सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्छ । 

नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले खुला सिमानाका कारण भन्सार नतिरकन सुन विदेशिन सक्ने खतरा रहेकाले यसको आयातमा कडाइ गरिएको बताउँदै बैङ्कसँग पर्याप्त सुनको मौज्दात रहेको भए पनि व्यवसायीले सो सुन नउठाइकन कारोबार गरेकाले मुलुकको राजस्वमा नकारात्मक प्रभावपर्ने गरेको धारणा व्यक्त गर्नुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले व्यापार सहज भए उत्पादन सस्तो हुने र निर्यात घटने हुँदा सरकारले त्यस किसिमको वातावरण बनाउनुपर्ने बताउनुभयो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले मुलुकमा गरगहना बनाउने विधि र प्रक्रिया पुरानै भएकाले बजारको माग अनुसार उत्पादन गर्न नसकिएको भन्दै माग अनुसारको उत्पादन गर्नका लागि यो व्यवसायलाई यान्त्रिकरण गर्नुपर्नेमा जोड दिनुभयो । 

यो व्यवसायसंग सम्बन्धीत कच्चा पदार्थको पैठारी गर्दा सरकारले भन्सार छुटको व्यवस्था गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । महासङ्घका वरिष्ठ उपाध्यक्ष मोहनकुमार सुनारले सुनचाँदी गहना निर्देशिका ल्याउन सरकारसंग आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल