भदौ २, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उग्र राष्ट्रवादले कोही कसैको पनि हित नगर्ने भएकाले त्यस्तो प्रवृत्तिको प्रतिवाद गर्नु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उग्र राष्ट्रवादले कोही कसैको पनि हित नगर्ने भएकाले त्यस्तो प्रवृत्तिको प्रतिवाद गर्नु"/>
१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उग्र राष्ट्रवादले मुलुकको हित गर्दैन: प्रचण्ड

२ भाद्र २०७४, शुक्रबार १२:५८

भदौ २, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उग्र राष्ट्रवादले कोही कसैको पनि हित नगर्ने भएकाले त्यस्तो प्रवृत्तिको प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ । 

पार्टी सम्बद्ध सहायक संगठन वाइसिएल नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनको यहाँ आज उद्घाटन गर्दै उहाँले अन्धराष्ट्रवादले निरंकुशतालाई प्रश्रय दिने भएकाले युवाले त्यसको प्रतिवाद गर्नु आवश्यक रहेको बताउनुभएको हो । 

अध्यक्ष दाहालले मुलुकमा दुई किसिमका तत्व हावी भएकाले त्यस्तो अतिवादी प्रवृत्ति नरोके मुलुक फासीवादतर्फ जाने भन्दै त्यसका लागि सबै सतर्क रहनुपर्ने विचार व्यक्त गर्नुभयो । 

अध्यक्ष दाहालले भन्नुभयो, “मधेसी अतिवादी राष्ट्रवाद र पहाडीया अतिवादी राष्ट्रवादलाई परास्त गर्नुपर्ने आवश्यकता छ । यी दुवै तत्वले मुलुकको हित गर्न सक्दैन ।” 

उहाँले भन्नुभयो, “अरुलाई अपमान गर्ने नभई सबैको सम्मानसहितको राष्ट्रवादले मात्रै मुलुक र जनताको हित गर्छ ।” तथाकथित अतिवादी राष्ट्रवादले जनतालाई विभाजन गरेर अन्त्यमा फासीवादमा लैजान्छ । नेपाली जनता कुनै पनि प्रकारको निरंकुशताका पक्षमा छैनन् । अन्त्यमा फासीवादमा लैजान्छ । नेपाली जनता कुनै पनि प्रकारको निरंकुशताको पक्षमा छैनन् ।” 

माओवादी कमजोर भए अहिलेको परिवर्तन नै उल्टन सक्ने आशंका व्यक्त गर्दै उहाँले वाइसिएल थप सशक्त र प्रभावकारी बन्नुपर्ने सुझाव दिनुभयो । उहाँले वाइसियल पुर्नगठित जनमुक्ति सेना भएकाले जनताको पक्षमा काम गर्न र जनतालाई एकीकृत गरेर माओवादी आन्दोलन पुनःगतिमा लैजानुपर्नेमा जोड दिनुभयो । 

उहाँले संविधान कार्यान्वयनका लागि आफ्नो नेतृत्वको सरकारले जग हालेको उल्लेख गर्दै संघ र प्रदेशको निर्वाचनपछि सो कार्यले पूर्णता पाउने बताउनुभयो । माओवादी आन्दोलनको त्याग र तपस्याबाट प्राप्त भएको राजनीतिक उपलब्धिलाई कुनै पनि शक्तिले उल्ट्याउन नसक्ने भन्दै उहाँले सहज व्यवस्थापन भने जरुरी रहेको स्पष्ट पार्नुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै वाइसिएलका संस्थापक अध्यक्ष टोपबहादुर रायमाझीले युवालाई संगठिन र केन्द्रित गर्ने महाअभियानमा लाग्न सम्पूर्ण युवालाई आग्रह गर्नुभयो । स्थानीय तहको निर्वाचनले माओवादी केन्द्र नै माओवादी आन्दोलनको मूल धार हो भन्ने स्पष्ट भएकाले ढिला नगरीकन एकतामा आउन मोहन वैद्य, नेत्रविक्रम चन्द र डा बाबुराम भट्टराईलाई उहाँले आग्रह गर्नुभयो । 

आजदेखि यहाँ सुरु भएको वाइसिएलको दोस्रो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । वाइसिएलका नेता रामप्रसाद सापकोटाका अनुसार अधिवेशनमा देशभरका करिब एक हजार प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह