भदौ २, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उग्र राष्ट्रवादले कोही कसैको पनि हित नगर्ने भएकाले त्यस्तो प्रवृत्तिको प्रतिवाद गर्नु"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उग्र राष्ट्रवादले कोही कसैको पनि हित नगर्ने भएकाले त्यस्तो प्रवृत्तिको प्रतिवाद गर्नु"/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उग्र राष्ट्रवादले मुलुकको हित गर्दैन: प्रचण्ड

२०७४, २ भाद्र शुक्रबार १२:५८

भदौ २, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उग्र राष्ट्रवादले कोही कसैको पनि हित नगर्ने भएकाले त्यस्तो प्रवृत्तिको प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ । 

पार्टी सम्बद्ध सहायक संगठन वाइसिएल नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनको यहाँ आज उद्घाटन गर्दै उहाँले अन्धराष्ट्रवादले निरंकुशतालाई प्रश्रय दिने भएकाले युवाले त्यसको प्रतिवाद गर्नु आवश्यक रहेको बताउनुभएको हो । 

अध्यक्ष दाहालले मुलुकमा दुई किसिमका तत्व हावी भएकाले त्यस्तो अतिवादी प्रवृत्ति नरोके मुलुक फासीवादतर्फ जाने भन्दै त्यसका लागि सबै सतर्क रहनुपर्ने विचार व्यक्त गर्नुभयो । 

अध्यक्ष दाहालले भन्नुभयो, “मधेसी अतिवादी राष्ट्रवाद र पहाडीया अतिवादी राष्ट्रवादलाई परास्त गर्नुपर्ने आवश्यकता छ । यी दुवै तत्वले मुलुकको हित गर्न सक्दैन ।” 

उहाँले भन्नुभयो, “अरुलाई अपमान गर्ने नभई सबैको सम्मानसहितको राष्ट्रवादले मात्रै मुलुक र जनताको हित गर्छ ।” तथाकथित अतिवादी राष्ट्रवादले जनतालाई विभाजन गरेर अन्त्यमा फासीवादमा लैजान्छ । नेपाली जनता कुनै पनि प्रकारको निरंकुशताका पक्षमा छैनन् । अन्त्यमा फासीवादमा लैजान्छ । नेपाली जनता कुनै पनि प्रकारको निरंकुशताको पक्षमा छैनन् ।” 

माओवादी कमजोर भए अहिलेको परिवर्तन नै उल्टन सक्ने आशंका व्यक्त गर्दै उहाँले वाइसिएल थप सशक्त र प्रभावकारी बन्नुपर्ने सुझाव दिनुभयो । उहाँले वाइसियल पुर्नगठित जनमुक्ति सेना भएकाले जनताको पक्षमा काम गर्न र जनतालाई एकीकृत गरेर माओवादी आन्दोलन पुनःगतिमा लैजानुपर्नेमा जोड दिनुभयो । 

उहाँले संविधान कार्यान्वयनका लागि आफ्नो नेतृत्वको सरकारले जग हालेको उल्लेख गर्दै संघ र प्रदेशको निर्वाचनपछि सो कार्यले पूर्णता पाउने बताउनुभयो । माओवादी आन्दोलनको त्याग र तपस्याबाट प्राप्त भएको राजनीतिक उपलब्धिलाई कुनै पनि शक्तिले उल्ट्याउन नसक्ने भन्दै उहाँले सहज व्यवस्थापन भने जरुरी रहेको स्पष्ट पार्नुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै वाइसिएलका संस्थापक अध्यक्ष टोपबहादुर रायमाझीले युवालाई संगठिन र केन्द्रित गर्ने महाअभियानमा लाग्न सम्पूर्ण युवालाई आग्रह गर्नुभयो । स्थानीय तहको निर्वाचनले माओवादी केन्द्र नै माओवादी आन्दोलनको मूल धार हो भन्ने स्पष्ट भएकाले ढिला नगरीकन एकतामा आउन मोहन वैद्य, नेत्रविक्रम चन्द र डा बाबुराम भट्टराईलाई उहाँले आग्रह गर्नुभयो । 

आजदेखि यहाँ सुरु भएको वाइसिएलको दोस्रो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । वाइसिएलका नेता रामप्रसाद सापकोटाका अनुसार अधिवेशनमा देशभरका करिब एक हजार प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै