२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

थप छ जिल्लामा बालपोषण भत्ता वितरण गरिने

२०७४, २५ भाद्र आईतवार १०:०३

भदौ २५, काठमाडौँ। सरकारले यस वर्ष थप छ जिल्लाका बालबालिकालाई बालपोषण भत्ता वितरण गर्न थालेको छ । 

केन्द्रीय पञ्जीकरण विभागले अति गरिबीको सूचाङ्कमा रहेका जिल्लाका बालबालिकालाई बालपोषण भत्ता वितरण गर्ने तयारी थालेको विभागका महानिर्देशक अनिलकुमार ठाकुरले जानकारी दिनुभयो । विभागले ५ वर्षमुनिका बालबालिकालाई मासिक रु ४०० बालपोषणबाट भत्ता दिने गरेको छ । गरिब बालबालिकालाई खाजा, पोषणयुक्त उपभोग्य पदार्थ खानका लागि बालपोषण भत्ता दिँदै आएको छ । उहाँले अहिले गरिबी सूचाङ्कका रहेका जिल्ला छनोट भइरहेको बताउनुभयो । 

यसअघि विभागले गत माघदेखि बझाङ, अछाम र रौतहटका बालबालिकालाई पोषण भत्ता वितरण गरिसकेको छ । ‘‘हामीले चाँडै नै अति गरिब जिल्लाको पहिचान गरेर छनोट गर्दछौँ’’, उहाँले भन्नुभयो, ‘‘अनि छनोट भएका जिल्लाका बालबालिकाको नामावली पठाउन स्थानीय तहलाई निर्देशन दिनेछौँ ।’’ 

महानिर्देशक ठाकुरका अनुसार अति गरिबीको सूचाङ्कमा परेका कैलाली, बाजुरा, सर्लाही, महोत्तरीलगायत जिल्ला रहे पनि अन्य दुई जिल्लाबारे निर्णय हुन बाँकी छ । नामावली संकलन भइसकेपछि विभागले अर्थ मन्त्रालसँग रकम माग गर्नेछ । विभागले जागिर भएका, व्यवसाय गरेका अभिभावकका बालबालिकाबाहेक सबैलाई बालपोषण भत्ता उपलब्ध गराउने गरेको छ । स्थानीय तहबाट बालबालिकाका आमालाई उक्त भत्ता दिइनेछ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो