जेठ १९, काठमाडौं ।  हवाई इन्धनको भाउ बढेसँगै आन्तरिक उडानतर्फको भाडा पनि बढ्ने भएको छ । वायुसेवा सञ्चालक संघले मंगलबारदेखि आन्तरिक उडानतर्फको भाडा बढाउने निर्णय गरेको हो ।

शनिबार राति १२ बजेबाट लागू हुने गरी निगमले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १९, काठमाडौं ।  हवाई इन्धनको भाउ बढेसँगै आन्तरिक उडानतर्फको भाडा पनि बढ्ने भएको छ । वायुसेवा सञ्चालक संघले मंगलबारदेखि आन्तरिक उडानतर्फको भाडा बढाउने निर्णय गरेको हो ।

शनिबार राति १२ बजेबाट लागू हुने गरी निगमले "/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आन्तरिक उडानतर्फको भाडा बढ्दै

२० जेष्ठ २०७५, आईतवार १२:००

जेठ २०, काठमाडौं ।  हवाई इन्धनको भाउ बढेसँगै आन्तरिक उडानतर्फको भाडा पनि बढ्ने भएको छ । वायुसेवा सञ्चालक संघले मंगलबारदेखि आन्तरिक उडानतर्फको भाडा बढाउने निर्णय गरेको हो ।

शनिबार राति १२ बजेबाट लागू हुने गरी निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनमा प्रतिहजार लिटर ७५ डलर रुपैयाँ बढाएको  थियो । मूल्य बढेसँगै इन्धन शुल्क बापतको खर्च बढेको भन्दै संघले भाडा बढाउन लागेको हो ।

वायुसेवा सञ्चालक संघका कार्यकारी निर्देशक कमलेश बर्माकाअनुसार बढाईएको भाडा नागरिक उड्ययन प्राधिकरणले स्वीकृति दिएपछि मात्रै लागू हुनेछ । हवाई इन्धनको मूल्य बढेसंगै इन्धन खर्च बढेको भन्दै हवाई भाडा बढाउन वायुसेवा सञ्चालक संघको भनाई छ ।

नयाँ भाडादरअनुसार काठमाडौं धनगढीको भाडा अब १२ हजार ८ सय ७० हुने भएको छ । यसअघि यो रुटको भाडा १२ हजार ६ सय ५० रुपैयाँ रहेको थियो । यो रुटमा थप २ सय २० रुपैयाँको इन्धन शुल्क बढेको वायुसेवा सञ्चालक संघले जानकारी दिएको छ । त्यस्तै माउन्टेन फ्लाइटको भाडा १ सय ७० रुपैयाँ बढ्ने भएको छ ।

यसअघि ११ हजार ३ सय मा रहेकोमा माउन्टेन फ्लाइटको भाडा अब ११ हजार ४ सय ७० कायम हुने भएको छ ।त्यस्तै नेपालगंज काठमाडौंको भाडा १ सय ६५ रुपैयाँ बढ्ने भएको छ । पोखराको भाडामा ८० रुपैयाँ थप इन्धन शुल्क लाग्नेछ भने भैरहवासम्मको भाडामा १ सय रुपैयाँ वृद्धि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता