2026-09-19 03:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन हेलिकप्टर आकस्मिक अवतरण

 असोज ९, खोटाङ । मौसम प्रतिकूलताका कारण सङ्खुवासभाबाट काठमाडौँका लागि उडेको तीन वटा हेलिकप्टर आज खोटाङको रेग्मीटारमा आकस्मिक अवतरण गरिएको छ । सङ्खुवासभाबाट अरुण तेस्रोको अनुगमनपछि काठमाडौँ फर्कने क्रममा खराब मौसमका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको रेग्मीटारस्थित साप्सुखोलामा अवतरण गरिएको हो ।

दिउँसो करीब ३ः४५ बजे अवतरण गरिएको हेलिकप्टर मौसममा केही सुधार आएपछि पुनः काठमाडौँका लागि उडेको स्थानीयवासी कुमार बुढाथोकीले बताउनुभयो । वर्षा र बाक्लो कुहिरोका कारण दुई वटा अल्टिच्युट र एउटा मनाङ एयरको हेलिकप्टरलाई साप्सुखोला किनारमा आकस्मिक अवतरण गरिएको जनाइएको छ । 

आपत्कालीन हेलिकप्टर अवतरण भएको विषयमा स्थानीयवासीले खबर गरेपछि सुरक्षाका लागि प्रहरी चौकी भँडारेघाटबाट प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो ।

खराब मौसमकै कारण खोटाङबाट काठमाडौँ फर्कने क्रममा नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालालगायतका नेताको टोली चढेको हेलिकप्टर तीन ठाउँमा अवतरण गरेपछि काठमाडौँ पुगेको स्रोतले जनाएको छ ।

बुधबार दिउँसो २ः३० बजे हलेसीबाट उडेको हेलिकप्टर पहिलोपटक हलेसी तुवाचुङ नगरपालिकाको बाइटार, दोस्रो पटक रामेछापको लिखु नदीको दोभानमा र तेस्रो पटक साँझ ६ बजे रामेछापको मन्थली विमानस्थलमा अवतरण गरेको थियो । 

हेलिकप्टरमा महामन्त्री कोइरालासहित केन्द्रीय सदस्य चन्द्र भण्डारी, प्रतिनिधिसभा सदस्य हीरा गुरुङ, नवलपरासी सभापति भरत गुरुङलगायत चार जना सवार थिए । कोइराला काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जनजागरणसभा समापन कार्यक्रमलाई सम्बोधन गर्न खोटाङ आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई