मंसिर १०, काठमाडौं | काठमाडौंको बुद्धनगरस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । केहीबेरअघि देखि आगलागी सुरु भएको भए पनि अझै नियन्त्रणमा आएको छैन । फर्निचर उद्योगी राम कार्कीको पसलबाट आगलागी सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार अहिले दमकलको सहयोगमा आगो निभाउने प्रयास भएको भए पनि नियन्त्रणमा आउन सकेको छैन । के कारण आगलागी भएको हो भन्ने खुल्न सकेको छैन ।
नेपाली सेना र काठमाडौं महानगरपालिकाका दमकलले आगो नियन्त्रणमा लिने प्रयास जारी राखेका छन् । थप विवरण आउन बाँकी छ ।