२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल यूएई फ्रेण्डसीप सोसाइटी गठन

२०७५, २६ मंसिर बुधबार ०३:२३

मङ्सिर २६, काठमाडौं । नेपाल यूएई फ्रेन्डसीप सोसाइटीको स्थापनाको विधिवत् घोषणा गरिएको छ । 

कार्यक्रमका प्रमुख अतिथि एवं नेपालका लागि संयुक्त अरब ईमिरेट्स यूएईका राजदूत महामयिम सईद हमदान अल नक्बी तथा सोसाईटीका अध्यक्ष एवं फ्रान्सका लागि पूर्व नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको सो संस्थाको उद्येश्य दुई देश बीचको आपसी संबन्ध तथा पर्यटन प्रवर्धन, सांस्कृतिक आदान प्रदान तथा मैत्री संबन्धलाई अझ दरिलो बनाउने रहेको बताइएको छ । 

कार्यक्रमका प्रमुख अतिथि अल नक्वीले युएईमा नेपालीहरुमाथि ठूलो विश्वास रहेकोले युएईका शाही दरवारदेखि एयरपोर्ट लगायतका सबै तहमा नेपालीहरु कार्यरत रहेको बताए ।  उनले प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय विकासका कार्यक्रममा युएइको सधैं सहयोग रहने आश्वासन दिँदै विश्वको उच्च मानव निर्मित संरचना बुर्ज अल खालिफा टावरले दैनिक एकलाख डलरसम्म आम्दानी गर्न सकेको यथार्थता बीच विश्वको सबै भन्दा अग्लो प्राकृतिक शिखर सगरमाथामा समेत सो संभावना लुकेको बताए ।  


‘कुटनीतिमा तीनदशक’ पुस्तकका लेखक तथा सोसाइटीका अध्यक्ष समेत रहेका श्रेष्ठले आफू युएई दूतावासमा कार्यरत रहँदा युएई र नेपालबीच धेरै सहयोग र सहकार्यको संभावना देखेकोले सो कार्यलाई साकार रुप दिन संस्था उपयोगी हुने बिचार व्यक्त गरे । 

सो सोइटीको उपाध्यक्षमा जेपी सापकोटा, महासचिवमा दामोदर नेपाल र कोषाध्यक्षमा ज्ञानु गजमेर रहेका छन । त्यसै गरी सदस्यहरुमा हिमालयश्वरी मानन्धर, रविन्द्र दाहाल, मुकेश झा, सपना थापा शाह र अपराजिता खड्का रहेका छन् । संस्थाका सबै पदाधिकारीहरु युएईको रोजगारीपछि नेपाल फर्केका हुन् । 


त्यसैगरी संस्थाका ५ सदस्यीय सल्लाहाकार समितिमा क्याप्टेन प्रचण्डजंग शाह, रामेश्वर शाह, डा. आसिफ अलि सिद्यिकी, मोहन शर्मा र विज्ञानजंग राणा रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो