२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालीले बनाए – बिना इन्धन निरन्तर यन्त्र सञ्चालन गर्न सकिने ‘ग्राभिटी इञ्जिन’

२०७५, २५ पुष बुधबार १७:३६

पुस २५, काठमाडौँ (रासस) | नेपाली अनुसन्धानकर्ता भानुभक्त गौतमले गुरुत्व बलको आधारमा सञ्चालन हुने ‘ग्राभिटी इञ्जिन’ सञ्चालन गर्न सफल भएको दावी गर्नुभएको छ । 

लामो समयदेखि इन्धन बिना विभिन्न यन्त्र सञ्चालनका लागि बल कसरी उत्पन्न गराउन सकिन्छ भन्ने खोजीमा लाग्नुभएका गौतमले ग्राभिटी इञ्जिनको मूल सिद्धान्तका आधारमा भारी ‘पेण्डुलम’लाई निरन्तर हल्लाई राख्न सकिन्छ भन्ने तथ्य पत्ता लगाएको जानकारी दिनुभयो । 

रिपोर्टर्स क्लबमा आज आयोजित पत्रकार सम्मेलनमा ग्राभिटी इञ्जिनको अनुसन्धानमा प्राप्त सफलता सार्वजनिक गर्ने कार्यक्रममा उहाँले भन्नुभयो, “झुण्ड्याई राखिएको पेण्डुलमलाई फलिङ रक (पृथ्वीमा झर्दै गरेको ढुङ्गा) को सहायताबाट प्राप्त बल दुई गुणा चार गुणा हुँदै बढ्दै जाने बलको कारण पेण्डुलम निरन्तर चलिरहन्छ ।” 

संयुक्त अरब इमिरेट्स, कतार तथा अमेरिकाको भ्रमण तथा ती मुलुकका प्रयोगशाला तथा प्राविधिक तथा मेकानिकल क्षेत्रमा काम गर्ने अनुभव हासिल गरेका झापाको गौरादहका गौतमले २७ वर्षदेखि इन्धन बिना सञ्चालन हुने यन्त्रको विकासमा निरन्तर खोजीमा रहेको बताउनुभयो । 

विशेषगरी खेतीपातीमा रहेका बुबाको पानी तान्ने पम्पमा इन्धन सकिएपछि बन्द भएको कारण इन्धन बिना कसरी पम्प चलाउन सकिन्छ भन्ने खोजीमा लागेको उहाँको भनाइ थियो । अमेरिकाको विभिन्न सङ्ग्रहालयमा रहेका प्रारम्भका उपकरण तथा यन्त्र हेर्ने अवसर पाएका गौतमले ती यन्त्रबाट प्राप्त अनुभव तथा शिक्षाबाट उक्त उपकरण बनाएको जानकारी दिनुभयो । 

ग्राभिटी इञ्जिनमा ६५ केजी तौलको भारयुक्त वस्तुलाई डोरीको सहायताबाट सात फिटको उचाइमा झुण्ड्याइएको छ । त्यसलाई निरन्तर हल्लाउन पाँच केजी बल चाहिन्छ । पेण्डुलमलाई एक पटक हल्लाएर छोड्दा ११ पटकसम्म ६ केजी बल प्राप्त हुन्छ । त्यसलाई फलिङ रक सिद्धान्तबाट २२ केजी बलमा परिणत हुन्छ र फेरि गुणा गराई ४० देखि ४५ केजी बल प्राप्त हुन्छ । यसरी निरन्तर प्राप्त ६ केजी बलले ६५ केजीको भारयुक्त पेण्डुलमलाई निरन्तर हल्लाउने गर्दछ । उहाँका अनुसार उक्त इञ्जिन डाइनामाइटमा प्रयोग गर्न सकिने र बिना इन्धन निरन्तर यन्त्र सञ्चालन गर्न सकिने छ । यस यन्त्र सञ्चालन गर्न उत्पन्न भएको शक्तिबाट सिर्जना भएको ऊर्जालाई नै उहाँले ‘क्लिन इनर्जी‘ नाम दिनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने