पुस, ६ काठमाडौँ | नेपाल टेलिकमले ग्रहाकहरुका लागि नयाँ सुविधा ल्याएको छ | अब थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बर पत्ता लगाउन १९७ मा फोन गरेर सोध्नुपर्ने बाध्यताको अन्त्य नेपाल टेलिकमले गरेको हो |
आवश्यकता अनुसार नेपाल टेलिकमको वेवसाइटबाटै पनि आवश्यक सम्पर्क नम्बर हेर्न सकिने भएको हो | नेपाल टेलिकमको वेब पेजमार्फत् यस प्रकारको पीएसटीएन टेलिफोन सोधपुछ प्रणाली सञ्चालनमा ल्याइएको हो | जसको लागि नेपाल टेलिकमको वेबसाइटमा लागिन गरेर त्यहाँ दिइएको टेलिकम इन्क्वेरीमा आफूलाई चाहिएको व्यक्ति वा संस्थाको नम्बर खोज्न सकिने छ |
त्यस्तै व्यक्तिको लागि व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर पत्ता लगाउन् सकिन्छ | त्यसैगरी संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्ला अनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिने कप्निले जनाएको छ | विगतमा पनि पीएसटीएन टेलिफोन नम्बर खोज्नका लागि कम्पनीको मुख्य वेब पेजमार्फत वेबमा आधारित इन्क्वेरी प्रणाली सञ्चालनमा रहेको थियो | हाल सोही सेवालाई पुनः परिमार्जित रूपमा सञ्चालनमा ल्याइएको हो |
ग्राहकलाई वैकल्पिक माध्यमबाट बिना झञ्झट जुनसुकै बेला सेवा उपलब्ध गराउन यो व्यवस्था गरिएको टेलिकमले जनाएको छ |