२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरसको संक्रमणबाट १ सय ७० जनाको मृत्यु,विश्व स्वास्थ्य सङ्गठनको यस्तो आग्रह

२०७६, १६ माघ बिहीबार ०५:३५

माघ १६, काठमाण्डौ | चिनमा देखापरेको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय ७० पुगेको छ | विश्वभर फैलिरहेको यो भाइरसबाट  सात हजार सात सय भन्दाबढीमा देखा परिसकेको छ | विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाउन विश्वलाई आग्रह गरेको छ |

विश्व स्वास्थ्य सङ्गठनको आपतकालीन स्वास्थ्य कार्यक्रमले कोरोना भाइरसबारे सचेत रहन र यसविरुद्ध लड्न विश्वलाई आव्हान गरेको हो | तिब्र रुपमा फैलिरहेको कोरोना भाइरसले विश्वमै खतरा सिर्जना गर्ने विश्व स्वास्थ्य सङ्गठनको निष्कर्ष छ | यसलाई फैलिन नदिन सबैले एकजुट हुनुपर्ने बताएको छ | चीनको वुहानमा देखापरेको कोरोना भाइरस अमेरिका, अस्ट्रेलिया, थाइल्याण्ड, फ्रान्स,नेपाल लगायत विश्वका १६ देशमा  फैलिसकेको छ |

कोरोना भाइरसलाई विश्व स्वास्थ्य आपतकाल घोषण गर्ने कि नगर्ने भन्ने बारेमा बिहीबार फैसला लिइने विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एडहेनोमले बताएका छन | यो समस्या विश्वभरि नै फैलन आशङ्का बढेकोले यसको सावधानीका लागि विश्वनै तयार हुनुपर्ने महानिर्देशक एडहेनोमको भनाई छ |

चिनियाँ अधिकारीहरुका अनुसार चिनमा कोरोना भाइरस संक्रमण भएका  एक सय २४ जना  उपचारपछि पूर्णरुपमा निको भएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण