१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक,कुनमा कति ब्याज ?

१ पुष २०७७, बुधबार ०८:२३

पुस १, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ देखि ६ महिनाका लागि ५ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मका लागि ६.७५ प्रतिशत १ वर्षभन्दा माथि २ वर्षसम्मका लागि ७.७५ प्रतिशत, २ देखि ५ वर्षसम्मका लागि ८.२५ र ५ वर्षभन्दा माथिको मुद्दति निक्षेपमा ९ प्रतिशत दिने भएको हो ।

त्यस्तै संस्थागत मुद्दति निक्षेपमा २ वर्षसम्मका लागि नयाँ ५.५० देखि ६ र नवीकरणमा ६.२५ देखि ६.५० प्रतिशत रहेको छ । २ वर्षभन्दा माथिका लागि नयाँ ६ देखि ६.५० र नवीकरणतर्फ ६.५० देखि ६.७५ प्रतिशत छ भने ३३ महिनाको मुद्दति निक्षेपमा ८.२५ प्रतिशत ब्याजदर दिने जनाएको छ । 

त्यस्तै बैंकको बचतमा न्यूनतम ०.१५ देखि ४.२५ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले कर्जाको पनि ब्याजदर निश्चित गरेको छ । जसअनुसार १ वर्षको इको लोनमा ९.९९ प्रतिशत र ७ वर्षसम्मका लागि १०.५० तथा १० वर्षसम्मका लागि ११.५० प्रतिशत ब्याजदर लाग्ने बैंकले जनाएको छ ।

यता एसएमई लोनमा १ वर्षको लागि ९.९९ र ७ वर्षसम्मका लागि १०.५० तथा १० वर्षसम्मका लागि ११.५० प्रतिशत ब्याजदर निर्धारण गरिएको छ । सुन चाँदी धितो कर्जामा ९.९९ प्रतिशत, ग्रोइङ इन्टरप्राइज लोनमा ७.९९ प्रतिशत, कृषि लोनमा ८.९९ प्रतिशत ब्याज लाग्ने छ ।

बैंकका अनुसार, ७ वर्षसम्मका लागि १०.५० र १० वर्षसम्मका लागि १२.५० प्रतिशत ७ वर्षसम्मको हायर पर्चेज लोनमा १०.७५ र रिटेल लोनमा ७ वर्षसम्मका लागि ११ र १० वर्षसम्मका लागि १३ प्रतिशत ब्याज लाग्ने छ ।

त्यस्तै कर्जा लिँदा न्यूनतम बेसरेटमा ०.५० देखि ५ प्रतिशतसम्म ब्याज लाग्ने जनाएको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु