पुस २, काठमाडौँ | फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ | ४२ वर्षीय राष्ट्रपति म्याक्रोलाई कोरोना पुष्टि भएको त्यहाँको राष्ट्रपति कार्यालयले जनाएको छ |
बीबीसीका अनुसार,उनले घरबाटै काम गरिरहेका छन् | फ्रान्समा अहिलेसम्म २४ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने सङ्क्रमणका कारण ५९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ |
यसअघि बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायतलाई कोरोना भाइरसको सङ्क्रमण भइसकेको छ ।