चैत २४, काठमाडौँ । नेपालमा फेरि वायु प्रदूषण बढेको छ । केहि दिन सफा भएको काठमाडौँको आकाशमा फेरि तुवालोले ढाकेको हो । मंगलबार काठमाडौँ विश्वकै प्रदूषित शहर मध्ये पहिलो नम्बरमा परेको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआई) का अनुसार मंगलबार दिउँसो सम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण २९६ एक्युआई मापन गरिएको छ ।
यसअघि सरकारले देशभरको वायुप्रदूषण बढेर स्वास्थ स्वास्थ्य समस्या निम्तिने भन्दै चैत १३ गतेदेखि ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ ।
संगठका अनुसार वायुप्रदूषण एक्युआई ३ सय १ भन्दा माथि पुगे घातक हुन्छ । आज विहान उपत्यकामा प्रदूषणको मात्रा एक्युआई ३ सय ३१ पुगेको थियो । देशभरि डधेलो लाग्नेक्रम बढेपछि वायु प्रदूषण अत्याधिक बढेको हो ।
वातावरण प्रदूषित भएकाले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन जनस्वास्थ्यविद्हरुले आग्रह गरेका छन् ।
हेर्नुहोस विश्वका १० प्रदूषित शहर :
