२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौं महानगरपालिका–४ का वडा अध्यक्ष विरुद्ध पक्राउ पुर्जी

२०७९, १५ असार बुधबार ०५:३८

असार १५, काठमाडौँ | काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जन विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । नेकपा एमालेबाट निर्वाचित अध्यक्ष महर्जनलाई पक्राउ गरेर उपस्थित गराउन जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पत्र पठाएको छ ।

 

असार ६ मा  अदालतले प्रहरी वृत महराजगञ्जलाई पत्र लेखेर वडा अध्यक्ष महर्जन, वडा नम्बर–४ का पूर्व अध्यक्ष मोहनबहादुर विष्ट र पूर्व वडा सदस्य ध्रुवप्रसाद त्रिपाठीलाई पक्राउ गरेर उपस्थित गराउन भनेको छ ।

लिखत सम्बन्धी कसुरमा आरोपीहरुलाई पक्राउ गर्न भनिएको जिल्ला अदाललते जानकारी दिएको छ । आरोपीहरुलाई उपस्थित गराउन नसकेमा ३५ दिने पक्राउ पुर्जी तामेल गरेर त्यसको जानकारी अदालतमा पठाउन प्रहरीलाई भनिएको छ । 

मोहन बहादुर विष्ट अध्यक्ष हुँदा लिखत सम्बन्धि कसुरमा जाहेरी दर्ता भएको थियो । त्यसबेला अहिलेका अध्यक्ष महर्जन र ध्रुवप्रसाद त्रिपाठी वडा सदस्य थिए । अदालतले पक्राउ पुर्जी जारी गरे पनि प्रहरी वृत महाराजगञ्जका डिएसपी प्रमेश विष्टले आरोपीहरुलाई पक्राउ गर्न आनाकानी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ