१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा नजाने

११ पुष २०७९, सोमबार ०६:५७

पुस ११, काठमाडौँ | माओवादी केन्द्र नेतृत्वको सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी नहुने भएको छ। सोमबार बिहान नयाँ सत्तासमीकरणको बैठमा जाने क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्‍देनले सरकारमा सहभागी नहुने जानकारी दिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई प्रधानमन्त्रीमा समर्थन गरेपनि सरकारमा राप्रपा सहभागी नहुने उनले बताए। 

'सरकारमा जान आग्रह भइरहेको छ। हाम्रै समर्थनमा सरकार बनेको हो। राप्रपा अहिले सरकारमा जाँदैन। समर्थन मात्रै गरेको हो' उनले भने।

संसद भवन बाहिर रास्वपा सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच सरकारमा सहभागीताबारे छलफल समेत भएको छ।

नेकपा एमालेसहित सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई आइतबार साँझ  प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह